
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
पोखरा, २० मङ्सिर । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे ३० टेनिस प्रतियोगितामा नेपाली खेलाडीद्वय आरभ सम्राट हाडा र सुनिरा थापा एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि जारी प्रतियोगिताको आज सम्पन्न खेलमा पुरुष एकलतर्फ नेपालको पाँचौँ वरियताका हाडाले भारतका दोस्रो वरियताका खेलाडी आदित्य मोरलाई ३–६, ६–४ र ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे ।
यसैगरी जुनियर विश्व शीर्ष वरियताका जापानका रिकु हिगाशीको सेमिफाइनल यात्रा भने समाप्त भएको छ । अष्ट्रेलियाका प्रतीक नवीनसँग ६–३, ६–३ को सोझो सेटमा उनी पराजित भए ।
पुरुष एकलतर्फ चीनका हैनुओ गुओले भारतका शौर्य सामालालाई ७–५ र ६–२ ले पराजित गरे । भारतकै आश्रव्य मेहराले भारतकै ओजस मेहलावतलाई ४–६, ६–२, ६–० ले पराजित गरेका छन् ।
महिला एकलतर्फ नेपालका सुनिराले भारतकी खोराकीवालालाई ६–१, २–६, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन् । भारतकै महिका खन्नाले भारतकै रित अरोरालाई टाइब्रेकरमा ७–६(५), ६–७(७), ६–४ ले पराजित गरिन् ।
मङ्गोलियाका मार्ता चोग्सोमजवले भारतकी दिशा बेहेरामाथि ६–४, ६–० को जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिताका निर्देशक अजय विष्टले जानकारी दिए । यसैगरी भारतीय खेलाडी सगुन कुमारीले भारतकै सयेटे वराडकर माथि ६–० र ६–४ को जीत हासिल गरिन् ।
पुरुष डवल्सतर्फ भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतका प्रवीर मुकेश चावडा र रिकु हिगाशी (जापान) लाई ६–४, ६–७(३), १३–११ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
महिला डबल्सतर्फ महिका खन्ना र एन्जल पटेल (भारत) ले स्वस्तिका विष्ट (नेपाल) र अपरा खण्डारे (भारत) लाई ३–६, ६–४, १०–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।
दिशा बेहेरा र अरजान खोराकÞीवाला (भारत) ले मार्ता चोग्सोमजव (मङ्गोलिया) र सयेटे वराडकर (भारत) लाई ७–६(४), ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मङ्गोलिया, बङ्गलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिए ।
प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।
त्यस्तै डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरुको वरियता निर्धारण हुनेछ ।
प्रतियोगितामा पुरुष एकल तथा डबल्स/महिला एकल तथा डबल्स गरी चार ‘इभेन्ट’मा प्रतियोगिता सञ्चालन हुने र विजेता तथा उपविजेताले प्रमाणपत्रसहित मेडल प्राप्त गर्नेछन् ।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट