
१इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
२डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
३कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
४रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
५रास्वपाका २० नेता चीन जाँदै, राष्ट्रिय हितका विषय निर्धक्क राख्न प्रधानमन्त्रीको निर्देशन
६भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो
७पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
८विदेशी पर्यटकलाई ‘भाइटीका’ : व्यापार र रमाइलोको साधन कि सांस्कृतिक आदानप्रदान !!!
९आज भाइटीका: उत्तम साइत बिहान ११:०७ बजे, दिनभर लगाउन सकिने
१०पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध डेढ वर्षभित्रै दोस्रो भ्रष्टाचार मुद्दा दायर
११‘म्हः पूजा’को मर्म गहिरो छ, नेपाल संवत् हाम्रो मौलिक पहिचान हो : प्रधानमन्त्री शाह
१२डीडीसीको करोडौं घोटालामा सुजल डेरीका सञ्चालक अञ्जन श्रेष्ठमाथि सीआईबीको अनुसन्धान सुरु
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
११पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
१२आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
काठमाडौं, ३० कार्तिक । बिचौलिया इनम सापकोटासँग शंकास्पद आर्थिक कारोबार देखिएका व्यक्तिहरूमाथिको अनुसन्धानले अब नयाँ मोड लिएको छ। प्रहरीले उनको बैंक स्टेटमेन्टको विस्तृत विश्लेषण र बयानका आधारमा थप व्यक्तिहरूलाई अनुसन्धानको घेरामा तान्दै छ।
शनिबार जिल्ला प्रहरी परिसर काठमाडौंले कीर्तिपुरबाट व्यवसायी महेश श्रेष्ठलाई पक्राउ गरेको छ। उनी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन्। काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाले पुष्टि गरेअनुसार, हिरासतमा रहेका सापकोटामाथिको अनुसन्धानकै क्रममा श्रेष्ठलाई पक्राउ गरिएको हो।
प्रहरी स्रोतका अनुसार, सापकोटाको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खातामा श्रेष्ठले करिब एक दर्जन पटक गरी लगभग तीन करोड रुपैयाँ जम्मा गरेको देखिएको छ। यस कारोबारको वैध स्रोत भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीको प्रारम्भिक आकलन छ कि अवैध गतिविधिबापत श्रेष्ठले सापकोटालाई उक्त रकम दिएका हुन्। सापकोटामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेका बेला श्रेष्ठ पनि सोही कसुरमा तानिएका छन्।
सापकोटासँग आर्थिक कारोबार देखिएपछि यसअघि लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सापकोटाले भट्टका भाइ दीपक भट्टलाई छुटाउन सहजीकरण गर्ने आश्वासन दिएका थिए। त्यही सूचनाका आधारमा प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा प्रहरीले सापकोटालाई पक्राउ गरेको थियो। उनले दिएको सूचनाकै आधारमा सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाएको थियो भने अन्य केही उच्च सरकारी अधिकारीहरू पनि छानबिनको घेरामा छन्।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँग सापकोटाको निकट सम्बन्ध बाहिर आइसकेको छ। उनीहरूबीच मुद्दासम्बन्धी विषयमा नियमित व्हाट्सएप च्याट भएको र हिमालय होटेलमा भेट भएको संवाद सार्वजनिक भइसकेको छ। न्यायाधीश फुयाल स्वयंले यसलाई स्वीकार गरेका छन्। यस प्रकरणमा संसद्मार्फत उनमाथि छानबिनको तयारी भइरहेको छ।
गत १४ असोजमा पक्राउ परेका सापकोटाको राजनीतिक नेता, उच्च तहका सुरक्षाकर्मी र न्यायाधीशलगायतसँग घनिष्ठ सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ। उनले मुद्दा जिताइदिने भन्दै कतिपय व्यक्तिसँग डिल गरेको समेत खुलेको छ। काठमाडौं प्रहरी परिसरले एसपी नरहरि रेग्मीको नेतृत्वमा छुट्टै छानबिन समिति गठन गरी सापकोटाको सञ्जालमा रहेका व्यक्तिहरूमाथि गहन अनुसन्धान अगाडि बढाइरहेको छ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त