
१रास्वपाका २० नेता चीन जाँदै, राष्ट्रिय हितका विषय निर्धक्क राख्न प्रधानमन्त्रीको निर्देशन
२भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो
३पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
४विदेशी पर्यटकलाई ‘भाइटीका’ : व्यापार र रमाइलोको साधन कि सांस्कृतिक आदानप्रदान !!!
५आज भाइटीका: उत्तम साइत बिहान ११:०७ बजे, दिनभर लगाउन सकिने
६पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध डेढ वर्षभित्रै दोस्रो भ्रष्टाचार मुद्दा दायर
७‘म्हः पूजा’को मर्म गहिरो छ, नेपाल संवत् हाम्रो मौलिक पहिचान हो : प्रधानमन्त्री शाह
८डीडीसीको करोडौं घोटालामा सुजल डेरीका सञ्चालक अञ्जन श्रेष्ठमाथि सीआईबीको अनुसन्धान सुरु
९फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
१०फागुनभित्रै स्थानीय तह चुनावको तयारीमा आयोग
११सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट सर्वसम्मतिले अनुमोदन
१२प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्मा बर्खास्त
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
९डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
१०‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय प्रतिनिधिमण्डललाई नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषय निर्धक्क भएर राख्न निर्देशन दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा नोभेम्बर १५ देखि २६ सम्म चीन जान लागेको रास्वपा महामन्त्री आचार्य नेतृत्वको २० सदस्यीय टोलीसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो सुझाव दिएका हुन् । भ्रमणलाई घुमघाममा मात्र सीमित नराखी पर्यटन, विकास, प्रविधि हस्तान्तरण, व्यापार र कृषिको आधुनिकीकरणजस्ता क्षेत्रबाट नेपालले लिन सक्ने लाभको अध्ययन र छलफलमा केन्द्रित गर्न प्रधानमन्त्रीले आग्रह गरेको रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सत्तारूढ दलको हैसियतमा राज्यको नीति र पारस्परिक हितमा रहेर वातावरण निर्माण गर्न प्रधानमन्त्रीले सुझाव दिएको महामन्त्री आचार्य र प्रमुख सचेतक बुर्लाकोटीले बताए । यद्यपि, यो पार्टी तहको भ्रमण भएकाले नेपाल-चीन सीमासम्बन्धी विषय कार्यसूचीमा नरहेको बुर्लाकोटीले स्पष्ट पारे ।
आइतबार चीन प्रस्थान गर्ने उक्त १० दिने भ्रमण टोलीमा महामन्त्री आचार्य र प्रमुख सचेतक बुर्लाकोटीसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा सहभागी छन् ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत