
१भारत भ्रमणमा राष्ट्रिय हित र रणनीतिक आर्थिक साझेदारीलाई प्राथमिकता दिन सुझाव
२२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
३सराङकोट बालसुधार गृहबाट फरार बालबन्दी १८ घण्टामैं पक्राउ
४तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै
५अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी
६इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
७डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
८कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
९रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
१०रास्वपाका २० नेता चीन जाँदै, राष्ट्रिय हितका विषय निर्धक्क राख्न प्रधानमन्त्रीको निर्देशन
११भीमफेदी ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो
१२पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
११डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
१२पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
मध्यविन्दु (नवलपरासी), १ मङ्सिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारु समुदाय महाभारतकालीन मेडरी नाचको संरक्षणमा जुटेका छन् । सो समुदायले परम्परागत रुपमा प्रदर्शनी गर्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् ।
मध्यविन्दु नगरपालिका–३ का दुलामणि गुरौले अहिले मेडारी नाच समूहको नेतृत्व गर्दै आउनुभएको छ । सत्तरी वर्षीय गुरौ यो नाचको संरक्षणका लागि नयाँ पुस्तालाई आफ्नो कला सिकाउँदै आउनुभएको छ । पाको पुस्ताकाले मात्र मेडरी नाचको जगेर्ना गर्न सम्भव नभएकाले युवालाई पनि सिकाउने पहल गरिरहेको उहाँले बताउनुभयो ।
“मेडरी नाच्न धेरै जना हुनुपर्छ अहिले धेरै हामी ७० वर्ष पार गरेका पाकापुस्ता छाँै इच्छा देखाउने युवालाई पनि सिकाउँदै नाचमा जोडिरहेका छौँ”, उहाँले भन्नुभयो, “युवा पुस्तालाई यो नाचको महत्व बुझाउँदै सिक्न प्रेरित गरिरहेका छौँ ।”
हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु–३ लेडाहादेखि कावासोती नगरपालिका १५ गुन्द्रहीसम्म धार्मिक विधि अनुसार नाच्दै जाने गरिएको छ । महाभारतमा आधारित मेडरी नाच थारु समुदायको ऐतिहासिक नाचमध्यको एक रहेको मेडरी नाच नचनिया गुरौले बताउनुभयो ।
“मेडरी नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनियाहरू गोलाकार रूपमा नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँचपाण्डवहरूले प्रयोग गरेका सामानहरू लिएर समूहमा गोलाकार भएर नाचिन्छ ।”
थारु समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको स्थानीय गेनाराम महतोले बताउनुभयो । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।”
महाभारतको लडाईंमा अर्जुनको रथको ध्वजाका रूपमा बिचमा ध्वजापताकासहितको ठूलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति केही युवाले चासो देखाएर सिक्न थालेको हुमबहादुर थनेतले बताउनुभयो । “यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवामा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”, उहाँले भन्नुभयो ।
थारु समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अहिले पनि पाका पुस्ताकै भरपर्नुपर्ने अवस्था रहेको छ । थारु संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व रहेको चुनिलाल थनेतले बताउनुभयो । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्व बिर्सिंदै गएको थनेतको गुनासो रहेको छ ।
“पहिलेपहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले मात्र नाच नचाउन गारो हुन थालेको छ”,उहाँले भन्नुभयो, “अहिले केही युवाहरूको सहभागिता बढ्न थलेको छ ।”
थारु समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको दुलामणि गुरौले बताउनु भयो ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त