
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, ३० मंसिर । साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ ।
र्यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ ।” विकासले भने, “अवश्य पनि गोधूलि गीत जनयुद्धको कथा हो, रोल्पाको कथा हो, ईश्वरीको कथा हो । माडीको कथा हो र कथा हो मानबहादुरहरूको ।”
विषय प्रस्तुतिमा लेखक कहीँ नचुकेको बताउँदै उनले खास माओवादी के हो र तत्कालीन समयमा रोल्पालीहरू कसरी माओवादी बने, कसरी रणमैदानमा होमिए भन्ने कुरा उपन्यासमा प्रस्ट उल्लेख गरिएको बताए । विषयवस्तुको प्रस्तुति र शैलीका दृष्टिले आधा डुबेको र आधा उत्रेको किताबका रूपमा मगरले उपन्यासको विश्लेषण गरे ।
उपन्यासकार बोखिमले माओवादी युद्ध हुँदैनथ्यो भने आफू अहिले नेपालबाहिर कतै रहेको हुने जिकिर गरे । “युद्धबाट युद्धमै सहभागी भएकाहरूले वा नेपाली जनताले कत्तिको फाइदा पाए कुन्नि ! तर मैले भने निकै फाइदा लिएँ” युद्धसम्बन्धी कथा प्रतियोगिताबाट छानिएर जागिर खाएको प्रसङ्ग सम्झँदै उनले भने, “युद्धकै विषयमा रिपोर्टिङ र साहित्य लेखन गरेर मैले जीविकोपार्जन गर्न पाएँ ।” उपन्यास लेखनका क्रममा पटक पटक रोल्पा पुगेको अनुभव उनले सुनाए । कलम प्रकाशनले बजारमा ल्याएको उपन्यासमा पढाइमा अब्बल भई नर्स बन्ने सपना देखेकी रोल्पाकी एक किशोरी ईश्वरीको जीवन सङ्घर्षलाई उतारिएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गीता लामिछाने, दीपेन्द्र श्रेष्ठ, स्ट्रगल राना, खिम लामिछाने, सुदिप घिमिरे, विष्णु बाँस्तोला, के. आर. ढकाल, विजय भण्डारी, मोती भुजेललगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलले गरेका थिए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने