
१सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
३कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
७बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१०व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
बेनी, २३ कार्तिक । बेनी–म्याग्दीको करबाकेली बाबा संरक्षण समितिले मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई म्याग्दीको ‘करबाकेली इको ट्रेक’मा पदयात्रा गराइएको छ। उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व पहिचान गराएको हो।
पर्यटन साहित्य यात्रा मार्फत करबाकेली क्षेत्रको प्रवर्द्धन गर्ने उद्धेश्यले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिएको हो। पदयात्रीहरूले बेनी बजारबाट बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए। त्यसैगरि दोस्रो दिन करबाकेली थानदेखि फूलबारीसम्म पदयात्रा गरेका थिए भने तेस्रो दिन फूलबारीबाट पुनहिल हुँदै घोडेपानी भएर उल्लेरीको उकालोसम्म हिँडेका थिए।
काव्य यात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अनुपम रोशी, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, कृष्णगोपाल श्रेष्ठ, घनश्याम पौडेल, तारानाथ पहारी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार, सुरेन्द्र राना मगर र चामबहादुर पुनसहित १८ जना सहभागी थिए।
बेनी बजारमा युवा उद्यमी राजेश शाक्य, बेलबहादुर कटुवाललगायत स्थानीयले स्वागत गरेका थिए। त्यसैगरि बाँसखर्क र करबाकेली थानमा पनि गाउँलेले भव्य स्वागत गरेका थिए। करबाकेली थानमा पुगेको भोलिपल्ट बिहान काव्ययात्रीले करबाकेली क्षेत्रको सामाजिक विकास अभियानबारे अभियन्ता चामबहादुर पुन र रवी गर्बुजा पुनबाट जानकारी पाएका थिए।
उक्त कार्यक्रममा काव्ययात्रीले आ-आफ्ना रचना र यात्रा अनुभूति सुनाएका थिए। त्यस्तै गाउँको पुन समुदायले परम्परागत पुर्ख्यौली नाच नाचेर पदयात्रीलाई मनोरञ्जन गराए।
‘हाम्रो काव्ययात्रा धेरै उपलब्धीमुलक बन्यो’, काव्ययात्राका संयोजक एव्म सामाजिक अभियन्ता चामबहादुर पुन भन्छन्, ‘मुलुकका स्थापित व्यक्तित्वले करबाकेलीलाई नजिकबाट बुझाउन पाउँदा हामी खुसी छौं।’
बेलायती सेनाका रिटायर्ड लाहुरे यिनै चामबहादुरको अगुवाईमा करबाकेली क्षेत्रको कायाकल्प भएको छ। काफलडाँडामा पुन समुदायका कुलदेवता करबाकेली बाबाको थान, पुन समुदाय संग्रहालय, पाहुनाघर आदि निर्माण गरिएको छ। त्यसैगरि पुनहिलबाट करबाकेली थान भएर बेनी जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्रान्डिङ गर्ने अगुवा पनि चामबहादुर नै हुन्।
उनीहरू कात्तिक १९ गते काठमाडौंबाट गाडीमा बेनी बजार पुगेका थिए भने कात्तिक २३ गते पोखराबाट गाडीमै काठमाडौं फर्केका छन्। उनीहरुले बीचमा तीन दिन पदयात्रा गरेका हुन्। यसरी ५ दिने काव्ययात्रा पुरा भएको छ।
यात्राका संयोजक चामबहादुर पुनकाअनुसार पदयात्रीले अब विभिन्न मिडियामा लेख्ने यात्रा अनुभूतिहरू समेटेर एउटा पुस्तक प्रकाशन गरिनेछ। त्यसैगरि यात्रालाई समेटेर एउटा वृतचित्र पनि बनाइनेछ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने