
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
काठमाडौँ, २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा उहाँले नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याउनुभएको योगदानका विविध पक्षको स्मरण गर्दै चर्चा गरिएको छ । मोर्डन कन्या मल्टिपल कलेज, भीमसेन गोला, बानेश्वरले आज आयोजना भानुजयन्ती कार्यक्रममा इतिहासविद्, साहित्यकार, प्राध्यापक र छात्राहरूले भानुले नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानबारे कविता र मुक्तकमार्फत उजागर गर्दै उनलाई प्रेरणा दिने घाँसीको समेत स्मरण गरे ।
सो अवसरमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले भानु आफूले आर्जेको ज्ञानलाई रचनामार्फत उजागर गरेकै कारण आज संसारका कुनाकाप्चामा पुग्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भानुको योगदानलाई औपचारिक रूपमा चिनाउने काम दार्जिलिङबाट भएकामा त्यसको धेरैपछि मात्र नेपालमा जयन्ती मनाउन सुरु गरिएको हो ।”
उहाँहरूले विदेशमा भानुका धेरै सालिक र स्मारक भए पनि यहाँ भएका भने तोडफोड गरिएकामा दुखेसो पोख्नुभयो । सालिक नष्ट गरिए पनि अझै जनकपुरलगायत कतिपय स्थान विशेषको नाम भानुचोकबाट परिचित छ । पृथ्वीनारायण शाहको टुक्राटुक्रामा विभाजित नेपाललाई एकीकरण गर्ने अभियानलाई भानुभक्तले भाषा र साहित्यका माध्यमबाट पूर्णता दिनुभएको थियो । नेपालीजनले रुचाइएका शब्द र लय टिपेर लेखिएको ‘रामायण’ले नेपालीलाई भाषागत रूपमा एकीकरण गर्न सफल भएकोे हो ।
इतिहासविद् प्रा दिनेशराज पन्तले ससाना राज्यमध्ये सबैभन्दा कमजोर गोरखाका राजा पृथ्वीनारायणले राज्यविस्तार गरी भौगोलिक एकीकरणको भाव दिएजस्तै भानुकै योगदानका कारण अहिले विश्वका एक सय ९० भन्दा बढी मुलुकमा नेपाली भाषा पनि पुगेकामा गौरव प्रकट गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तले नेपाली जाति विश्वका जुन कुनामा पुगेका छन् त्यहाँ भानुभक्त पनि पुग्छन् भन्ने मान्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तलबार र कलमको तागतमध्ये कुन बलियो भन्ने उत्तर ‘रामायण’ले दिएको छ, तलबारको शक्ति खुम्चिएको छ भने भानुले आर्जेको कलमको तागत फैलँदो छ ।” साहित्यकार जय छाङ्छाले भानुले नैतिक र नीति शिक्षाका लागि ठूलो प्रेरणा प्रदान गरेको जनाउँदै उहाँ स्वदेशमा भन्दा विदेशमा लोकप्रिय र पूजनीय रहेको विचार राख्नुभयो ।
कलेजका अध्यक्ष प्रा डा रामप्रसाद दाहालले ‘भानुभक्तको रामायण’ रचना नभएको भए नेपाली साहित्य आजको जस्तो परिष्कृत र विकास नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “बयालिस वर्षदेखि मैले निरन्तर रूपमा भानुजयन्ती कार्यक्रम गर्दैआएको छु, उनको ‘रामायण’ थिएन भने नेपाली साहित्य अहिलेको अवस्थामा हुन्थेन, भानुको योगदानलाई राज्यले कदर गर्नुपर्छ, त्यसमा अझै कमजोरी छ ।’
कलेजका प्राचार्य सविन पोखरेलले भानुभक्तको भाषा, साहित्य र शब्द चयनले उहाँ चिरपर्यन्त झन् झन् अमरत्व प्राप्त गरिरहेको बताउनुभयो ।
सो अवसरमा सहभागी वक्ताले भानुजयन्ती राष्ट्रियता जगाउने कविता महोत्सवका रुपमा रहेको चर्चा गर्दै विदेशमा स्थापित सालिक, स्मारक र आयोजना हुने कार्यक्रमले उहाँ स्वदेशजत्तिकै विदेशमा पूजनीय र स्थापित रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा आदिकविका तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरियो । सो अवसरमा कलेजका छात्रा शर्मिला कार्की, गङ्गा केसीलगायतले भानुको काव्य सोच, अहिले मुलुकमा बिथोलिएको राजनीतिक घटना र कतिपय नेतामा देखिएको नैतिकताका खडेरी सम्बन्धमा व्यङ्ग्यात्मक रचना प्रस्तुत गर्नुभयो भने मुक्तक समाजका अध्यक्ष रामकाजी कोनेले भानु र मायाप्रीतिसँग सम्बन्धित मुक्तक वाचन गर्नुभएको थियो । रासस
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ