
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, १३ भदौं । स्थानीय निर्वाचन २०७९ मा पोखरा महानगरपालिका वडा नं. ८ को वडाध्यक्ष पदको उम्मेदवार हुँदा हराउनका लागि अन्तरघात गर्ने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं मन्त्री विन्दुकुमार थापा लगायतका नेताहरुलाई नेपाल महिला संघ क्षेत्रीय सभापति शारदा गिरीले कारवाहीको माग गरेकी छिन् ।
नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका वडा नं. ८ मा वडाध्यक्षको उम्मेदवार बनेकी गिरीले कांग्रेस कैं नेताहरुको अन्तरघात, खराब आचरण र अनुशासनहिन काम गरेकाले हार्नु परेको भन्दैं महाधिवेशन प्रतिनिधि विन्दुकुमार थापा, वीरेन्द्रनारायण विजुक्छे, निवर्तमान ईकाई सभापति सुवास सिग्देल, वर्तमान इकाई सभापति रमेशप्रसाद बराल र क्षेत्रीय प्रतिनिधि गीता पगेनी पौडेललाई कारवाहीको माग गरेकी छिन् ।
नेपाली कांग्रेस पार्टीको धज्जी उडाउने गरी अवाञ्छनीय गतिविधिमा मोलाहिज्जा र साँठगाँठ गर्ने अनि चारतारा अंकित झण्डाको अपमान गर्ने काम भएको आरोप गिरीले लगाएकी छिन् । स्थानीय तहको चुनाव सकिएको चार महिना पुग्न लागिसक्दा पनि समिक्षा बैठक राखी आफ्ना कुरा राख्न पटक–पटक आग्रह गर्दा पनि पार्टी कार्यालयले नसुनेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै कारवाहीको माग गरेकी हुन् ।
स्थानीय निर्वाचनमा पार्टीले नै टिकट तय गरेर आफू चुनावमा होमिएको भए पनि पार्टीका स्वघोषित वरिष्ठ भनाउने वडा नं. ८ कैं व्यक्तिहरुले अन्तरघात गरी, नेपाली कांग्रेसको साख गिराई, प्रतिस्पर्धी दलका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी ६ सय १६ मतको अन्तरले विजयी गराउन अन्तरघाती भूमिका खेलेको गिरीले आरोप लगाएकी छिन् ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि संघर्षरत नेपाली कांग्रेस पार्टीले आह्वान गरेको पटक–पटकको आन्दोलनमा सक्रियतापूर्वक सहभागिता जनाएको, जनआन्दोलनका क्रममा घाईते भएको, पार्टीले दिएको जिम्मेवारी अन्तर्गत नेपाल महिला संघ क्षेत्र नं. २ को र वडा नं. ८ को सभापतिका साथै विभिन्न सामाजिक संघसंस्था र विद्यालय व्यवस्थतापन समितिमा रहेर निरन्तर पार्टीको वफादार सिपाही बनेर काम गरेको गिरीले जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग