
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
‘मौनता मृत्यु हो
तिमी बौल्छौ भने मारिन्छौ
र, नबोल्दा पनि मारिन्छौ
तसर्थ,
बोल र मृत्यु स्वीकार गर ।’
अल्जेरियाली कवि ताहर जाउदले लेखेको कविता जस्तै आफ्नो जीवनलाई बलिदान दिएर पनि आस्थाको देउरालीमा आदर्श बनेर बाँचिरहेका युग विद्रोहका गायक हुन् कवि एवम् पत्रकार कृष्ण सेन ‘इच्छुक’ ।
कृष्ण सेन ‘इच्छुक’ को जन्म वि.सं. २०१३ साल कात्र्तिक १३ गते भारतीय सेनामा कार्यरत पिता यमबहादुर सेन र आमा भीमकुमारी सेनको जेठो सन्तानको रूपमा भारतको देहरादुनमा भएको हो । मातृ वात्सल्यबाट वञ्चित उनको वाल्यकाल दाङको भालुवाङमा बित्यो । उनको पुख्र्यौली घर भने प्युठानको साराङ्कोट भन्ने गाउँमा हो । अर्घाखाँचीको जलुके, सातमारा राप्ती नदीको किनारमा स्थायी घर भए पनि उनको अधिकांश समय घर बाहिर र जेल भित्र बितेको देखिन्छ ।
सानैदेखि भावुक, गम्भीर, संवेदनशील र कल्पनाशील इच्छुक गरिबी, अभाव र विपन्नताका काँडाहरूमाझ गुलाफ झै फुल्न वाध्य भए । वाल्य परिवेशमै इच्छुकले समाजमा ठूलाठालु, शोषक–फटाहा, धनीमानीका धाकधम्की र रवाफ साथै उनीहरूले गरिबमाथि गर्ने अन्याय, अत्याचार र शोषणलाई नजिकैबाट हेर्ने मौका पाए । जसले गर्दा उनको बालमस्तिष्कमा विद्रोह र न्यायको पक्षमा आवाज उठाउने चेतनाको जरा गाडिन पुग्यो ।
दाङको लालमटिया स्कुलमा पढ्दा नै उनको साहित्यिक चेतना तिख्खर भएर उम्रिसकेको थियो । २०३३ सालमा ‘मातृभूमि’ पत्रिकामा ‘भोलिप्रति’ कविता प्रकाशन भएपछि साहित्यिक यात्रामा उनी सार्वजनिक भए । २०३८ सालसम्म आइपुग्दा राजनीतिक र सामाजिक परिवेशले उनको चेतनास्तर र वैचारिक धरातल मलिलो भइसकेको थियो । ‘त्यो प्यारो प्यारो गाउँको नाम थवाङ हो’ शीर्षकको बेजोड कविता २०३८ सालमा ‘त्रिकोण’ मा प्रकाशित भएपछि प्रगतिवादी साहित्यिक फाँटमा इच्छुकलाई युग विद्रोहका गायक भनेर चिनिन थालियो । वास्तविक नाम कृष्णबहादुर सेन भए पनि वर्गीय समानता चाहने सेनको इच्छा प्रगतिवादी साहित्यमा ‘इच्छुक’ भएर रूपान्तरित भएको देखिन्छ ।
सत्ताको भत्ता खानेका अगाडि युग विद्रोहको गायक इच्छुकले स्वाभिमानी शिर झुकाउन तयार भएनन् । फलतः उनलाई २०५९ साल जेठ १३ गते प्रहरी हिरासतमै यातना दिँदा दिँदै दुईवटा गोली छातीमा ठोकेर मारियो र कीर्तिपुर चोभारको भीडन्तमा परेको प्रचारप्रसार गरियो ।
बहुआयामिक व्यक्तित्व भएका इच्छुक कवि मात्रै होइनन्, साहित्य, पत्रकारिता र राजनीतिको त्रिकोणात्मक समिश्रण छ उनको जीवनमा । आफूलाई कलम बोक्ने चेतनाको सिपाही भन्न रूचाउने इच्छुकले ‘शोकाञ्जली’ शोककाव्य २०४८, ‘इतिहासको यस घडीमा’ कविता सङ्ग्रह २०५६, ‘बन्दी र चन्द्रागिरी’ लामो कविता २०५७, ‘पर्खालभित्रका बन्द आवाजहरू’ कविता सङ्ग्रह, इच्छुक रचनावली भाग १ र २ गरि पाँच दर्जनभन्दा बढी फुटकर कविताहरू विभिन्न पत्र–पत्रिकामा बिस्कुन झैं छरिएर रहेका छन् । यसका अतिरिक्त उनले निबन्ध, कथा, पत्र–साहित्य, भूमिका, राजनीतिक–साँस्कृतिक, दार्शनिक लेख, अन्तरवार्ता र अनुवाद समेत गरेका छन् ।
साहित्यिक र साँस्कृतिक फाँटका अतिरिक्त उनी पत्रकारितामा पनि सक्रिय, क्रियाशील र चर्चित रहे । उनले ‘कलम’ त्रैमासिक, ‘जनादेश’ साप्ताहिक र ‘जनदिशा’ दैनिकको सम्पादक भएर काम गरे । साङ्गठनिक रूपमा इच्छुकले प्रगतिशील लेखक सङ्घको राष्ट्रिय पार्षद्, नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य, दक्षिण एसियाली जनपत्रकार संघ (साप्जा) का सदस्य भएर आफ्नो क्रियाशीलता देखाएका थिए । उनले अखिल नेपाल जनसाँस्कृतिक सङ्घको अध्यक्षमा रहेर आफ्नो विचारको वकालद गरे ।
अध्ययन संस्कृतिमा आफूलाई खरो र चर्को रूपमा स्थापित गरेका छन् इच्छुकले । औपचारिक शिक्षाको हकमा उनले वि.ए.को अध्ययन पूरा गरेका थिए भने जेल भित्रैबाट एम.ए.को परीक्षा दिन फारम भरे पनि तत्कालीन सरकारको निरङ्कुश शैलीले उनलाई एम.ए.को परीक्षा दिनबाट बञ्चित ग¥यो ।
इच्छुकको साहित्यिक क्रियाशीलता कै आधारमा उनलाई जीवित हुँदा र मृत्युपर्यन्त पनि विभिन्न पुरस्कारहरूबाट सम्मानित गरिएको छ । उनले प्राप्त गरेका पुरस्कार र मानसम्मानहरूमा यादव प्रतिभा पुरस्कार २०४८, साहित्य सन्ध्या परस्कार २०५७, स्रष्टा पुरस्कार २०५८, पारिजात सिर्जन पुरस्कार २०५९ , कृष्णमणि साहित्य पुरस्कार २०६०, लोकेन्द्र स्मृति पुरस्कार २०६०, मध्यपश्चिमाञ्चल सम्मान २०६० र प्रगतिशील लेखक सङ्घ सम्मान रहेका छन् ।
‘इच्छुक’ नरहँदा पनि उनको योगदानको कदर गर्दै राष्ट्रिय पत्रकारिता पुरस्कार २०६४ र प्रेस स्वतन्त्रताका सेनानी २०६४ बाट उनलाई स्मरण गरिएको छ । उनकै नाममा इच्छुक साँस्कृतिक प्रतिष्ठान गठन भएको छ २०६८ सालमा । जसले साहित्य, कला र सङ्गीतका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई हरेक वर्ष पुरस्कृत र सम्मानित गर्दै आएको । इच्छुक तत्कालीन राज्यसत्ताको भाषा र भाकामा आतङ्कारी भए पनि वास्तवमा उनी साँस्कृतिक सहिद हुन ।
कृष्ण सेन ‘इच्छुक’ शासक र सत्ताबाट सास्ती पाउने र कलम चलाएकै कारण काराबासमा हत्कडी र नेल लाउने कवि तथा पत्रकार हुन् । विद्यार्थीकाल मै पञ्चायती कालो शासनको दौरानमा वि.सं. २०३९ साल बैशाख ११ गते दाङको त्रिभुवन क्याम्पसबाट गिरफ्तार भए । उनले शान्ति सुरक्षा ऐन अन्तर्गत् ९/९ महिनामा पुर्जीहरू थपिदै २०४४ साल असार ३० गतेसम्म ५ वर्ष ३ महिना दाङ कारागारमा जेल जीवन बिताए । यतिले शासकको मन किन मान्थ्यो र ? फेरि २०४५ सालमा १ वर्ष जेल जीवनमा बस्न बाध्य पा¥यो तत्कालीन सरकारले ।
“एउटा कलम बोक्ने चेतनशील कवि र पत्रकारलाई शासक वर्गले एक दशकसम्म हत्कडी र नेलका साथ जेलभित्र राख्यो यद्यपि उनको विचार र चेतनालाई नत हत्कडीले छेक्यो न त जेलका पर्खालले नै ।”

लामो कारावासपछि उनी साहित्य सिर्जना, पत्रकारिता र राजनीतिमा क्रियाशील भइरहँदा आफूलाई प्रजातान्त्रिक व्यवस्थाको मसिहा ठान्ने सरकारले ‘भट्टेडाँडा प्रहरी चौकीमा साहसिक आक्रमण’ शीर्षकको समाचार लेखेछापे वापत २०५६ साल बैशाख ६ गते पक्राउ ग¥यो । उनलाई २०५७ चैत्र २ गतेसम्म बिना पूर्जी भद्रगोल जेल र पछि हातहतियार खरखजना सम्बन्धी मुद्धा लगाएर सिरहा हुँदै राजविराज कारागारमा राखियो ।
सङ्कटकालीन समयमा इच्छुक माथि रेर्डकर्नर नोटिस जारी र टाउकाको मूल्य घोषणा गरियो । पुनः २०५९ साल जेठ ६ गते सङ्कटकाल लागेको समयमा उनलाई काठमाडौंको वानेश्वरबाट गिरफ्तार गरेर महेन्द्र पुलिस क्लवको जुडो हलमा ८ दिनसम्म चरम यातना दिएर गोप्य सूचना लिन खोजियो । उनलाई प्रहरीका उच्च तहका अधिकारीले ‘दिस कन्ट्री विलोङ्स टु दि किङ’ भन् भनेर दवाव दिए, तर उनले ‘यो देश राजाको होइन जनताको हो’ निर्भीक र निर्धक्क भएर भने ।
इच्छुकलाई प्रहरीले चर्को यातना दिए तर उनी यातनाका अगाडि बाँचेर मर्न चाहेनन्, बरु मरेर बाँच्न चाहे । आत्मसमर्पण गरेर आस्थाको अपमान गर्न अस्विकार गरे । आफ्नो विचारको रक्षाको लागि जीवन बलिदान गर्न अग्रसर हुने बिरलै व्यक्तिका रूपमा उनी स्थापित छन् । उनी नेपाली समाजमा लेखे वापत नै शाहदत प्राप्त गर्ने व्यक्तिका रूपमा मिथ भएर बाँचिरहने छन् ।
सत्ताको भत्ता खानेका अगाडि युग विद्रोहको गायक इच्छुकले स्वाभिमानी शिर झुकाउन तयार भएनन् । फलतः उनलाई २०५९ साल जेठ १३ गते प्रहरी हिरासतमै यातना दिँदा दिँदै दुईवटा गोली छातीमा ठोकेर मारियो र कीर्तिपुर चोभारको भीडन्तमा परेको प्रचारप्रसार गरेर पशुपतिमा खरानी बनाएर उनको भौतिक अस्तित्व समाप्त पारिएको देखिन्छ । आफै कलम लिएर कविता र समाचार लेख्ने इच्छुक स्वयम् समाचार बने । जनआस्थाले ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकको समाचार ब्रेक गरेपछि मात्रै उनको हत्याको खबरले सहरमा आगो लागेको थियो । उनको गिरफ्तारी र हत्याको विरोधमा फ्रान्समा मुख्यालय रहेको रिपोटर्सस सान प्रिन्टर्स, अमेरिकास्थित कमिटी टु प्रोटेक्ट जर्नालिष्ट, रिपोर्टर विथ आउट बोर्डरले समेत आवाज उठाएका थिए ।
एउटा कलम बोक्ने चेतनशील कवि र पत्रकारलाई शासक वर्गले एक दशकसम्म हत्कडी र नेलका साथ जेलभित्र राख्यो यद्यपि उनको विचार र चेतनालाई नत हत्कडीले छेक्यो न त जेलका पर्खालले नै । उनको भौतिक शरीरलाई थुने पनि आवाज र विचारलाई कैद गर्न सकेनन् । नेल र हत्कडी लाए पनि युग विद्रोहको गतिलाई रोक्न सकेनन् ।
असफल र हतास मानसिकताका हिमायतीले इच्छुकलाई गलाउन सकेनन् । उनी त झन् आगो जस्तै भरभराउँदा शब्दहरू खोजेर देशकै रातो र तातो शब्दचित्र उर्तान लागि परे । विचार र चिन्तनलाई पर्खालभित्र कैद गर्न सकिँदैन भन्ने जबरजस्त सन्देश इच्छुकले आफ्ना सिर्जना मार्फत् शासकहरूलाई दिए । एउटा शब्दकर्मीसँग शासक नै हार खाएपछि उनकै कवितालाई पाठ्यपुस्तकमा राखेर हजारौं विद्यार्थीहरूलाई अनिवार्य पठनको व्यवस्था मिलाएको छ ।
इच्छुकको व्यक्तित्व अत्यन्तै भद्र र शालिन थियो । व्यक्तिवादी चेतना, निजी स्वार्थ, व्यक्तिमुखी प्रवृत्तिका विरोधी उनी सामूहिकता र सामाजिकताका पक्षपाती थिए । उनी साह्रै सरल, सहज, मिलनसार, नम्र, मृदुभाषी, निश्छल–निष्कपट, सबैसँग घुलमिल हुन सक्ने, सबैका हितैषी र सहयात्री, लोकप्रिय, आदर्शका नायक थिए । समग्रमा उनी अथक योद्धा, दृढ क्रान्तिकारी स्रष्टा र युग विद्रोहका गायक थिए ।
‘बाँचेर मर्नुभन्दा, मरेर बाँच्नु जिन्दगीको सार्थकता हो भन्ने स्लोगन स्थापित गरेका कलम बोक्ने सिपाही कृष्ण सेन ‘इच्छुक’ आज यस धर्तीमा नरहे पनि उनका विचार गुञ्जिरहेका छन् पदचापहरू पछ्याउन योग्य भइरहेका छन् र त उनी मरेर पनि आस्थाको सतिसाल झैं उभिरहेको भान हुन्छ । त्यसैले उनी अभिव्यक्त स्वतन्त्रता सेनानीका रूपमा पनि परिचित छन् ।
‘बाँचेर मर्नुभन्दा, मरेर बाँच्नु जिन्दगीको सार्थकता हो भन्ने स्लोगन स्थापित गरेका कलम बोक्ने सिपाही कृष्ण सेन ‘इच्छुक’ आज यस धर्तीमा नरहे पनि उनका विचार गुञ्जिरहेका छन् पदचापहरू पछ्याउन योग्य भइरहेका छन् ।”
आज विचारको मैदानमा विद्रोहको झण्डा बोक्ने मान्छेहरू फरक फरक कित्तामा भएपनि इच्छुकको कलमलाई किमार्थ विर्सने छैनन् । नेपाली जनताको मुक्ति र स्वतन्त्रताका लागि गर्विलो मुठ्ठी कस्ने इच्छुक र नयाँ नेपालको सपना देख्ने पत्रकारलाई विर्सनु ‘दुःखमा गुन्द्री ओड्ने र सुखमा सिरक ओछ्याउने’ संस्कृति स्थापित गर्नु हो । आफ्नै इतिहासलाई सिरानीमा राख्नुको सट्टा दरीमुनी राख्नु सहिदको घोर अपमान हुनेछ । सत्ताको भत्तामा उन्मत्त हुनेका सात पुस्तासम्मलाई यसले पिर्ने छ ।
२०७४ जेठ १३ गते शनिबार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले भनेको एउटा सारगर्भित भनाइ स्मरणयोग्य छ । हरेक वर्ष इच्छुक दिवस मात्रै मनाउने भन्दा पनि उनको हत्यामा संलग्न हत्यारा र मतियारहरूलाई कारवाही हुनुपर्छ भनेर आवाज उठाएका थिए । इच्छुकका गीतहरू सुसेल्दै राजनीतिको उकालो लागेका महोदयहरू र इच्छुकले सम्पादन गरेर अखबारमा खबर छापिएका मानिसहरू आज त्यो देउरालीमा पुगेका छन् । उनीहरूको मनमा इच्छुक रहेका खण्डमा यो पहल र प्रयास थालनी गर्नु कुनै आइतबार पर्खनु पर्दैन् । दिवस केबल दिवसमा मात्र सीमित रहयो भने दासढुंगा हत्याकाण्डको दोषी को हो भन्दा निरूत्तर भए जस्तै इच्छुकका हत्यारालाई कारवाही नहुँदासम्म यो प्रश्न अझै एक शताब्दी जीवन्त बनेर रहने छ ।
कवि इच्छुकको जीवन वस्तुत : शब्द र कर्मको तालमेलमा रमाएको भेटिन्छ । विचार र व्यवहारलाई दुवै काँधमा बाकेर हिड्ने इच्छुक जनताका आँखाका नानी हुन् । साहित्य र पत्रकारिता मार्फत् उज्यालोको आमत्रन्त्रण गर्ने कलमजीवी हुन् । उनी कहिल्यै जीवनमा झुक्न, गल्न र हार्न जानेनन् । त्यसैले त इच्छुक मरेर पनि बाँचिरहेका छन्, आस्थाको सर्वोच्च देउरालीमा । सलाम, युग विद्रोहका गायक कवि एवम् पत्रकार कृष्ण सेन ‘इच्छुक’ लाई । विचारको यात्रामा हिड्ने यात्रीहरूले तिमीले सुसेल्ने गीत गाइरहून ।
‘तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडन सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
ए तानाशाहहरू,
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौं ।’ –इच्छुक
(लेखक रानाभाट परिचय डटकमका प्रधान सम्पादक हुन् ।) (Email: [email protected])
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ