
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विश्वव्यापी महामारी कोभिड-१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताउनुभएको छ ।
नवनियुक्त सचिव कोइरालाको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज भृकुटीमण्डपस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन उद्योगलाई पूर्ववत अवस्थामा फर्काउन निजी क्षेत्रसँग सहकार्य गरी नयाँ नौलो र प्रभावकारी योजना र रणनीति बनाउन जरुरी भएको बताउनुभयो ।
बोर्ड कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका सचिव कोइरालाले बोर्डका गतिविधिलाई प्रभावकारी तुल्याउन सबै संयन्त्रलाई सक्रिय ढङ्गले परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला
बोर्डको कार्यकारी समिति सदस्य दीपक महतले आजको विषम र प्रतिकूल परिस्थितिमा नेपालको निजी क्षेत्रका पर्यटन व्यवसायीले सरकारबाट सहयोग र भरथेगको अपेक्षा गरेको कुरामा जोड दिनुभयोे ।
बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डको चिनारी, नीतिगत व्यवस्था र पछिल्ला दिनका बोर्डका कार्यसम्पादनका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । बोर्डको एकल युनियनका अध्यक्ष कुन्दन मिश्रले बोर्ड र कर्मचारीका यावत समस्या र समाधानका विषयमा धारणा राख्नुभएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।