News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आज एकैदिन थपिए १२ हजार बढी कोरोना संक्रमित

काठमाडौँ । देशभर १२ हजारमा ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६४९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १८ हजार ८०९ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै, थप २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६३२ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

काठमाडौँ उपत्यकामा एकै दिन ६ हजार ९८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ५ हजार १, ललितपुरमा १ हजार १३० तथा भक्तपुरमा ८५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बुधबारको तुलनामा सङ्क्रमण दर भने थोरैले घटेको छ । बुधबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण दर ५२.६ प्रतिशत रहेकोमा बिहीबार यो घटेर ४७.९ प्रतिशत पुगेको छ । एन्टिजेन परीक्षणमा भने सङ्क्रमण दर ३४.७ प्रतिशतबाट बढेर ३५.२ प्रतिशत पुगेको छ ।