काठमाडौँ । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको छ । राई आँधीले १०७ जना घाइते भएका छन् भने १५० वेपत्ता रहेको मनिला टाइम्सले लेखेको छ ।
सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।
राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि तीन लाख भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।
राई आँधी बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।