
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
सिमकोट, १३ मङ्सिर । स्थानीयस्तरमै मिलापत्र गर्न थालिएकाले हुम्ला जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना न्यून देखिएकोे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला शाखाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा यो वर्ष जिल्लामा अतिन्यून घटना भएको जनाइएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा मानव अधिकारसँग सम्बन्धित जस्तासुकै घटना भए पनि स्थानीयस्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटना न्यून देखिएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ मङ्सिर १२ गतेसम्म सङ्कलन गरिएका १० वटा मानव अधिकारसँग सम्बन्धित घटना प्रस्तुत गरिएको थियो ।
जसमा सम्मानितरुपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित तीन, स्वास्थ्य तथा शिक्षा अधिकारका एक, महिलासँग सम्बन्धित बलत्कार, बलत्कार प्रयास र यौन दुव्र्यवहारका पाँच र आर्थिक तथा समाजिक अधिकारको एक घटना प्रस्तुत गरिएको थियो ।
हालसम सङ्कलन गरिएका तर पुनरावलोकन गर्न बाँकी घटना भए सम्बन्धित सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर समेट्नुपर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । सङ्कलित घटनाबारे चर्चा गर्दै उक्त घटनाप्रति सम्बन्धित निकायको पनि ध्यान जानु जरुरी भएको उहाँको भनाइ थियो । नेपाली कांग्रेसका जिल्ला उपसभापति वसन्त रोकायाले दुुई स्थानमा हुने एकै घटनाको प्रकृति पनि फरक हुने भएकाले दुईवटै क्षेत्रका घटनालाई सङ्कलन गरी एउटा अभिलेख तयार पार्नु सुखद पक्ष रहेको बताउनुभयो ।
पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष राजन रावतले हुम्ला जिल्लामा इन्सेकलाई कुनै पनि घटना सङ्कलन गर्न भौगोलिक विकटताले समस्या भएको थियो भन्नुभयोे ।
प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले कुनै पनि व्यक्ति थुनामा रहेर गाँस, बाँस र कपासबाट बञ्चित हुनु मानव अधिकार उल्लङ्घन भएको चर्चा गर्दै त्यस्ताखाले घटना यहाँ नभएको उल्लेख गर्नुभयो ।यो वर्ष हुम्लामा खाद्यान्नको अभाव र बाढीपहिराबाट समस्या झेल्दै आएका घटनालाई पनि इन्सेकले अभिले गर्नु थप सराहनीय कार्य भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य छक्क रोकायाले बताउनुभयो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा