News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ सुदुर पश्चिम

द्वन्द्वपीडित भन्छन् कहाँ भेटिएलान् बेपत्ता

दार्चुला । भर्खरको कलिलै उमेर । जीवनमा केही गरौँ भन्ने सोचाइ थियो । निकै सङ्घर्षशील उमेर थियो । पढ्दापढ्दै शिक्षक आयोगको प्राथमिक तहमा नाम निस्कियो । सशस्त्र द्वन्द्वको समय थियो […]

चिकित्सकको अभावमा उपचार समस्या

बैतडी। दरबन्दीअनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जिल्ला […]

कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव

मान्म । कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो […]

मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा

दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती […]

पिसीआर रिपोर्ट माग्दा नदिएपछि दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

सिमकोट । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो […]

जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

हुम्ला । बुधबार बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै हुम्ला जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय […]

हुम्ला र खप्तडमा लगातार हिमपात हुँदा अत्यधिक चिसो

सिमकोट । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा […]

पत्रकार देवलको मृत्यु, लामो समयदेखि अर्बुदरोगले पीडित

डोटी । दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ । लामो समयदेखि अर्बुदरोगले पीडित पत्रकार देवलको आज मृत्यु भएको उहाँको परिवारले जनाएको छ । […]

डोटीको जोरायल गाउँपालिकाका सबै वडा सडक सञ्जालमा

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाकाका सबै वडा यस वर्ष सडक सञ्जालमा जोडिएका छन् । सो गाउँपालिकाको रु १ करोडको लगानीमा त्यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो […]