
१तिब्बतर्फ ताल पुन: फुट्यो
२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
३रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
४स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
५विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
६बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
७स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
८पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
बैतडी। दरबन्दीअनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जिल्ला जानुपर्ने बाध्यता कायमै छ ।
लामो समयदेखि जिल्ला अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा नागरिकलाई स्वास्थ्य सेवाप्राप्तिमा असहज भइरहेको छ । जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्वास्थ्य सेवा पाउन निकै मुस्किल भएको केशवसिंह भाटले जानकारी दिनुभयो ।
पछिल्लो डेढ वर्षयता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तल्लोसोराडवासीको अस्पतालका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा हामीलाई धेरै समस्या भएको छ । सामान्य उपचारका लागि अन्यत्र जानु परिरहेको छ ।”
अहिले मेलौली नगरपालिका मातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको पदपूर्तिका लागि आवेदन आह्वान गरेको भए पनि कोही नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनुभयो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा इसिजी, एक्स–रेलगायतका सेवा सञ्चालनमा आउन नसकेका उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आवेदन आह्वान गर्दासमेत कोही सम्पर्कमा आएनन् । चिकित्सक नहुँदा शव परीक्षणलगायतका काममा समस्या भएको छ ।”
यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्र पनि चिकित्सकविहीन भएको छ । केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा छन् भने करारमा काम गरिरहेका चिकित्सक सुत्केरी बिदामा बसेपछि स्वास्थ्य केन्द्र चिकत्सकविहीन भएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिनुभयो ।
एक जना नवौँ तहको विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा पनि नवौँ तहका चिकित्सक नभएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । आठौँ तहका चारै जना करारमा कार्यरत रहेको र दरबन्दी एक जना पनि नभएका उहाँले जानकारी दिनुभयो ।
विशेषज्ञ चिकित्सक नहुँदा कुनै न कुनैरुपमा सेवा प्रवाहमा जटिलता हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विशेषज्ञ चिकित्सक नहुँदा कुनै न कुनैरुपमा सेवा प्रवाहमा समस्या भएको छ ।” जिल्ला अस्पातलमा एक जना नवौँ तहको विशेषज्ञ चिकित्सकको दरबन्दी र तीन जना आठौँ तहका दरबन्दी भए पनि सबै अहिले करारमै कार्यरत रहेका छन् ।
चिकित्सक अभावमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकस
चिकित्सकको अभावमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकस भएको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहमा तीन महिनाका लागि कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउन बजेट पठाएको भए पनि चिकित्सकको अभावमा ती अस्पतालमा सञ्चालनमा आएका छैनन् ।
पुर्चौंडी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउन नसकेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा सञ्चालन हुने भनेका कोभिड अस्थायी अस्पतालका लागि चिकित्सक नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन् ।”
कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि दशरथचन्द नगरपालिकाबाहेकका स्थानीय तहमा १० लाखका दरले बजेट आएपनि चिकित्सक नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन् ।
भेन्टिलेटर र आइसियु सञ्चालनमा समस्या
जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको दुई श्ययाको सघन उपचार कक्ष स्थापना भएको भए पनि चिकित्सक नहुँदा सञ्चालनमा समस्या भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष विशेषज्ञ चिकित्सक नहुँदा सञ्चालनमा समस्या भएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । कोरोना भाइरसका जटिलका खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापना गरिएको भए पनि चिकित्सक नहुँदा समस्या भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सघन उपचारका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको छ ।”, सघन उपचार कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष सञ्चालनमा समस्या आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सघन उपचार कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने विशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या छ ।”
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति