
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
कर्णाली । कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् । साइनिङ अस्पताल, आइएनएफ नेपाल सुर्खेतले आज पत्रकारसम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७६÷७७ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ४९ जना कुष्ठरोगका बिरामी पत्ता लागेको अस्पतालका व्यवस्थापक मङ्गल थारूले बताउनुभयो । उहाँका अनुसार नयाँ भेटिएका कुष्ठरोगीमा सबैभन्दा धेरै सुर्खेतका १४ जना रहेका छन् भने जाजरकोट १३, दैलेख नौ, कालीकोट छ, सल्यान दुई, जुम्ला एक र अन्य जिल्लाका चारजना छन् ।
नयाँ कुष्ठरोगका बिरामीमध्ये १५–५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष नाघेका छ र एकदेखि १४ वर्ष उमेर समूहका चारजना छन् । उनीहरु अधिकांशको शरीरमा घाउ भेटिन्छ । व्यवस्थापक थारूले कुष्ठरोगको निदानबारे प्रचारप्रसार तथा रोगी पत्ता लगाउन ती स्थानहरुमा घुम्ती शिविर जस्ता कार्यक्रमको विस्तार आवश्यक रहेको बताउनुभयो । कोरोना महामारीका कारण यस वर्ष रोग जाँच गर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटेको उहाँको भनाइ थियो ।
कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटसहित कुष्ठरोगका बिरामीको सङ्ख्याका आधारमा नेपालका १६ जिल्ला जोखिममा रहेको व्यवस्थापक थारूले बताउनुभयो । यो रोगको लक्षण देखापरेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराउन सकेमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरुपले निको भएर अपाङ्गता हुनबाट बच्न सकिने अस्पतालले जनाएको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई