
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती प्रदेश बाट ल्याइएको ०१–००६–१०३८ नं को गाडीमा सल्लाको दार लाद्दै गरेका अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
मध्यपहाडी सडकमा दिउँसै दाउराका लागि भनी अत्याधुनिक यन्त्रमार्फत काटिएको सल्लाको १५ गोलियाभन्दा बढी काठ गाडीमा लाद्दै गरेका अवस्थामा प्रहरीले बरामद गरेको छ । काठ लाद्दै गरेका करीब १२मध्ये मुख्य व्यक्तिका रूपमा रहेका प्रकाश पाल थापालाई यन्त्रसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी प्रमुख अनुपम श्रेष्ठ र जिल्ला वन कार्यालय दैलेखको संयुक्त टोलीले क्रसर उद्योग अनुगमन गरेर शुक्रबार मध्यपहाडी राजमार्गको पश्चिमखण्ड हुँदै दैलेख सदरमुकाम आउँदै गर्दा सडकखण्डमै काठ तस्करी भएको भेटाएको हो । उपभोक्ता समितिको पुर्जी नदेखाएपछि थापालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरीको टोली देख्नेबित्तिकै टिपर चालक भने फरार भएका छन् ।
काठ तस्करीमा संलग्न सबैलाई आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाउने तयारी भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । दैलेखको पश्चिम क्षेत्रमा नियमित गस्ती बढाउने तयारी भएको छ । तस्करी भएको थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले नागरिकसँग आग्रह गरेको छ ।
पश्चिम क्षेत्रमा वन विनाश
जिल्लाको पश्चिममा पर्ने चामुण्डा बिन्द्रासैनी र आठबीस नगरपालिकाका जङ्गलमा अवैध रुपमा सल्ला, साललगायत अन्य काठको तस्करी बढेको स्थानीयवासीले गुनासो गरेका छन् । सार्वजनिक वन क्षेत्र अतिक्रमण गरेर विभिन्न पूर्वाधार निर्माण गर्ने कार्य पनि तीव्र बढेको छ ।
मध्यपहाडी सडकखण्डको तलमाथि रहेका काठका रुख वन उपभोक्ता समिति र पहुँचवालाको मिलोमतोमा फँडानी हुने क्रम बढेको छ । चामुण्डा बिन्द्रासैनीका उपप्रमुख ताराकुमारी शाहीले वन विनाश, र सार्वजनिक जग्गा अतिक्रमणको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि स्थानीय सरकार, वन कार्यालय, प्रहरी र प्रशासनको संयुक्त अभियान सञ्चालन गर्नुपर्नेमा सुझाव दिनुभयो ।
सुकेको, बूढो र सडेगलेको रुखका लागि जिल्ला वन कार्यालयबाट सिफारिस लिएर वनले टाँचा लगाएपछि मात्र काट्नुपर्ने नियम भए पनि वन उपभोक्ता समितिले बलमिचाइ गर्दै वन फँडानी गर्ने क्रम बढेको जिल्ला वन कार्यालयका होमकुमारी खड्काले बताउनुभयो । वन जोगाउन सबै जिम्मेवार नागरिकको एक हुनुपर्ने खड्काको भनाइ छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !