
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
११मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा । जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माण भइरहेका छन् । समन्वय समिति र गाउँपालिकाकाको लागत साझेदारीमा मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा वडाका भवन केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन रहेको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भवन नभएको ठाउँमा वडा भवन हाम्रो पहिलो प्राथमिकता हो । जिल्ला समन्वय समितिको मौज्दात कोषको रकमबाट गाउँपालिकासँग लागत साझेदारी गरेर जिल्लाभर १५ वटा वडा कार्यालयहरु निर्माण हुँदै गर्दा खुुःशी लागेको छ ।”
मादी गाउँपालिकाको वडा नं ४ र १२ को वडा भवन निर्माण सम्पन्न भएर हालै उद्घाटन गरिएको छ । त्यसैगरी वडा नं ५, ६, ७, ८, ९ को निर्माणाधीन छ । वडा नं ३ र १० को प्रक्रिया शुरु भएको बताइन्छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं ४, ५, ७, ८ र ९को भवन निर्माणाधीन छन् । माछापुच्छ्रे गाउँपालिकाको वडा नं ९ को वडा भवन निर्माण सम्पन्न भइसकेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी वडाका भवन निर्माण गरिएको हो । समन्वय प्रमुख अधिकारीका अनुसार रु ६० लाखदेखी ९० लाखसम्म लागतमा भवन निर्माण गरिएको हो । सङ्घीयता कार्यान्वयन अघिको साविकको जिल्ला विकास समितिको खातामा रहेको रु ३० करोड हाराहारीको रकम सङ्घीयतापछि जिल्ला समन्वयको खातामा बचत हुन आएको हो । सोही रकम समन्वय समितिले जिल्लाका स्थानीय तहहरुको प्रशासकीय भवन तथा वडा भवन निर्माणमा लगाएको हो ।
पोखरा महानगरलाई रु आठ करोड तथा अन्य चार गाउँपालिकालाई रु चार करोड नघट्ने गरी मौज्दात रकम विनियोजन गरिएको थियो । सो रकम पालिकाहरुले साझेदारीमा वडा भवन नभएका ठाउँमा भवन निर्माणका लागि माग गरेका हुन् । विनियोजित रकम कतिपय पालिकाले भने गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने भएका छन् । समन्वयले सटर तथा जग्गा भाडा लगायतबाट वार्षिक रु एक करोड बराबर आन्तरिक आय गर्दै आएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ