
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममा २०७७ मंसिर ११ को राति १२ः१५ बजे एक पुरुषले फेसबुक लाइभमा आ’त्मह’त्या गर्दै छ भन्ने सूचना प्राप्त भयो । कन्ट्रोल रुमले तत्काल साइबर ब्युरोलाई जानकारी गरायो ।
ब्युरोबाट खटिएका प्रहरी अधिकृतले ‘आत्म ह’त्या गर्दै छु’ भन्ने व्यक्तिको ‘युजर डिटेल’ पत्ता लगाइदिन फेसबुकको कार्यालयमा अनुरोध गरे । फेसबुकले तत्कालै ती पुरुषको ‘युजर डिटेल’ पठाइदियो । फेसबुकमार्फत परिवारका सदस्यहरूको पत्ता लाग्यो । त्यसपछि प्रहरीले ती पुरुषकी पत्नीको सम्पर्क नम्बरसमेत पत्ता लगायो । फोन नम्बरको लोकेसन ट्र्याक गर्दा ती पुरुष पशुपतिनाथको जंगलमा गएको खुल्यो ।
ब्युरोले तत्काल महानगरीय प्रहरी वृत्त गौशालाको समन्वयमा उनलाई बचाउन दौडधुप बढायो । आत्म ह’त्या गर्न मोटरसाइकलमा जंगल पुगेका पुरुष भेटिए । र, उनको ज्यान जोगियो । ‘जंगलमै परामर्श दियौं । लकडाउनपछि उब्जिएको निराशाले आ’त्मह’त्याको प्रयासमा पुगेका रहेछन्,’ प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले भने, ‘रातको सवा २ बजे हामीले उनलाई घट्टेकुलोस्थित डेरामा पुर्यायौं । आ’त्मह’त्या गर्न गएकालाई सकुशल परिवारमा फर्काउन सफल भइयो ।’
न्युरोडको एक मोबाइल पसलमा काम गरेर परिवार धान्दै आएका ती पुरुषको लकडाउनका कारण बेरोजगार भएका थिए । निराश भएर उनले त्यस्तो कदम उठाउन लागेका थिए । हाल उनी पुनः काममा फर्किएको प्रहरीले जनाएको छ ।
रामेछाप घर भई सतुंगल बस्दै आएका एक युवक अर्काको ट्याक्सी चलाउँथे । झन्डै एक दशक साहुको ट्याक्सी चलाएर दुई सन्तानसहित चार जनाको परिवार धान्दै आएका उनले सोचे– आफ्नै काम गरेर स्वाबलम्बी किन नबन्ने ? ऋण गरेर
ट्याक्सी किने । लगत्तै लकडाउन भयो । ट्याक्सी चलाउन पाइएन । परिवारसँगै डेरामै थुनिए । ऋण तिर्न नसक्ने पिरलोमा उनले आफैंलाई सिध्याउने (आत्म ह त्या) गर्ने सोच बनाए । ‘युट्युब च्यानल’ मा आत्म ह’त्या गर्दै छु भन्दै अन्तर्वार्ता नै दिए । सोही अन्तर्वार्ताका आधारमा साइबर ब्युरोले उनलाई बोलायो । मनोपरामर्श दिएर प्रहरीले आत्म ह त्या नगर्ने प्रतिबद्धतासहित काममा फर्किने वातावरणसम्म पुर्यायो । उनी पुनः काममा फर्किएका छन् ।
महामारीका कारण पटक–पटकको लकडाउन हुँदा धेरैको सपना चकनाचुर भएको छ । कतिले जागिर गुमाएका छन् भने कतिको व्यवसाय डुबेको छ । बेरोजगारीकै कारण जीवनदेखि नै विरक्तिएका कतिपयले आत्म ह त्या गरे भने कति जना डिप्रेसनको सिकार छन् । चरम निराशाका बीच आत्म ह त्याको नजिक पुगेका केहीलाई भने प्रहरीले उद्धार गरेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा