News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

वडा कार्यालयको शौचालयमा शव

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।

उहाँका अनुसार-‘श’वको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको श’व भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरीले घटनास्थलमा आएर लास जाँच गरिरहको छ । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए।

प्रतिक्रिया