News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रवास समाचार

शिक्षणसँगै व्यावसायिक बाख्रापालन

गलकोट ।   जहाँ इच्छा, त्यहाँ उपाय । बागलुङ नगरपालका–८ सिगानाका एक शिक्षकले शिक्षण पेशासँगै व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय बनेका छन् ।  स्थानीय भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भद्रबहादुर कार्की शिक्षण पेशामा लागेको २३ वर्ष भयो तर उहाँ अहिलेसम्म अस्थायी हुनुहुन्छ ।

कार्कीले व्यावसायिक खेतीका लागि सन्देश दिन एक वर्ष अघिदेखि बाख्रा फर्म सञ्चालन गर्नुभएको छ । उहाँ बिहान र बेलुकाको समयमा बाख्रा चराउने र डाले घाँस काट्ने गर्नुहुन्छ । दिउँसो उहाँकी श्रीमती लक्ष्मी कार्कीले सघाउनुहुन्छ ।
यसरी अतिरिक्त व्यवसाय गर्दा शारिरिक तथा मानसिक रुपमा सन्तुष्टि समेत मिलेको शिक्षक कार्कीको अनुभव छ । उहाँले बाख्रापालनका लागि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा निमारो, राई खनियो, दुदिलो, बेडुलोलगायतका डाँले घासको खेती समेत गर्नुभएको छ ।

शिक्षक कार्कीको लक्ष्मी कृषि फर्ममा हाल खरी क्रस बोयर जातका ३५ बाख्रा बोका छन् । कार्कीले खरिजातलाई विस्तारै हटाएर बोयर जातको बाख्रा पाल्ने योजना अनुसार लगानी समेत बढाउँदै लैजानुभएको छ । बाख्रा पालनका लागि गोठमा भएको भैसी र गोरु बेचेर खोर निर्माण गर्नुभएका कार्कीले हालसम्म रु.चार लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ ।   शिक्षण पेशामा अस्थायी भएका कारण अवकाश हुँदा आर्थिक रुपमा केही नहुने भएपछि वैकल्पिक पेसा अगाँल्न थालेको उहाँको भनाइ छ । बोयर जातको स्वादिष्ट मासु र धेरै हुने भएकाले यसप्रति धेरैको आर्कषण छ । रासस

प्रतिक्रिया