News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक असोज ११ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक ११ असोजमा बस्नेगरी स्थगित भएको छ। बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्को बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।’

बिहीबारको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पारित गरेको छ । बिहीबार पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर सो विधेयक निर्णायार्थ प्रस्तुत गरेका हुन्।

आर्थिक वर्ष २०७८र७९को बजेट ल्याउँदा ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक २०७८, आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई प्रतिनिधिसभाले पारित गरेको छ।

डनन्यूज ट्रेन्डिङ