News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय समाचार

‘महिला जति सक्दो छिटो स्कूल फर्कनेछन्’- तालिबान

काठमाडौँ । तालिबानले महिलालाई सकेसम्म छिट्टै विद्यालय फर्कन अनुमति दिने बताएको छ । तालिबानका प्रवक्ता जबिल्लाह मुजाहिदले आफूहरुले जतिसक्दो छिटो महिलालाई विद्यालय जाने अनुमति दिने बताएका हुन् ।

मुजाहिदले भने, ‘हामी यसलाई अन्तिम रुप दिइरहेका छौं । जतिसक्दो छिटो हामीले यसबारे निर्णय गर्नेछौं ।’ साथै तालिबानका प्रवक्ताले केही अन्य मन्त्रालयबारे पनि घोषणा गरेका छन् । तर अहिलेसम्म महिलासँग सम्बन्धित कुनै पनि मन्त्रालयबारे घोषणा भएको छैन ।

तालिबानको शासनमा महिलाको भूमिका र अवस्था कस्तो होला भनेर धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन् । तालिबानको पछिल्लो शासनमा महिलामाथि अति क्रुर र भेदभावपूर्ण व्यवहार गरिएको थियो । उनीहरु विद्यालयसमेत जान वञ्चित थिए ।

यद्यपि, तालिबानले यसपटक भने आफू फेरिएको बताउने गरेको छ । महिलासँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउने गरेको तालिबानले महिलालाई उच्च ओहदा भने नदिइने स्पष्ट पारिसकेको छ ।