
१बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
२श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
७संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
८‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
९लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
१०बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
११आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१२अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
११पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
सुर्खेत । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको साहारा बिना उठबस गर्न सक्दैनन् ।
फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको छ ।
कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे । “बिमारले थलिएको धेरै भइसक्यो, औषधि–उपचार पाए हुन्थ्यो”, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भने, “जीउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो की ? डाक्टरलाई यतै (बस्तीमै) पठाइदिनुपर्यो ।”
स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ । यो समुदाय एक साता अघि मात्रै सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ स्थित घाटगाउँमा बसाइँ सरेको हो । छैयालीस घरधुरी रहेका राउटे हाल १४१ को सङ्ख्यामा छन् ।
अधिकांश राउटेका हाटखुट्टामा घाउ–खतहरु छन् । ३० वर्षीय प्रेम शाही दैलेखको गुराँस गाउँपालिकामा अटोरिक्सा पल्टिँदा घाइते भए । उनको दायाँ खुट्टामा गम्भीर समस्या छ । दुर्घटनालगत्तै उनले स्थानीय मेडिकलमा उपचार गए । स्वास्थ्यकर्मीले हड्डी भाँच्चिएको बताएपछि डर लागेर उपचार नगराएको उनले बताए । प्रेमलाई पनि अरुको साहाराबिना लामो यात्रा गर्न मुस्किल पर्छ । त्यस्तै, १२ वर्षीय बपिल शाही केही दिनअघि सल्यानको बालुवाग्राहीमा लडेर घाइते भए । उनको दायाँ हातको कुइनामा चोट लागेको छ ।
राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले राउटेको उपचारमा स्थानीय र प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाइन् । “भत्तामात्र बाँडेर राज्यले राउटेप्रतिको दायित्वबाट पन्छिन मिल्दैन,” उनले भनिन्, “बिरामीलाई बस्तीबाट अस्पतालमा पुर्याउने, उपचारका लागि काउन्सिलिङ गर्न उनीहरुले विश्वास गर्न सक्ने मान्छे कुरुवा बस्नुपर्छ, अन्य जाति जस्तो राउटेको उपचार गर्न सजिलो छैन् ।”
सङ्घीय संरचनापछि सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । राउटेहरु जुन जिल्लामा बसाइँ सरेपनि गुराँस गाउँपालिका नै भत्ता वितरण गर्ने गर्दछ । प्रतिष्ठानकी अध्यक्ष अधिकारीका अनुसार बदलिँदो खानपिन, जलवायु परिवर्तनले पारेको असरले राउटेमा बढी स्वास्थ्य समस्या देखिएको छ ।
“कन्दमूल खान छाडे, वनजङ्गल, खोलाकिनारमा नाङ्गै बस्छन्, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे, तरकारीका रुपमा कुभिण्डो, खोले सागलाई उसिनेर पकाउँथे”, उनले भने, “अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, सहरीया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो ।”
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गैरसरकारी संस्थाको सहयोगमा राउटे बस्तीमा शिक्षा र स्वास्थ्य सहजकर्ता परिचालन गरेको जानकारी दिए । गम्भीर प्रकृतिको राउटेको उपचारमा सहयोग गर्दै आएको उनको भनाइ छ । “प्राथमिक उपचार बस्तीमै हुन्छ, अलि गम्भीर प्रकृतिको समस्या छ भने उनीहरुलाई काउन्सिलिङ गरेर स्वास्थ्य संस्थासम्म लैजाने व्यवस्था मिलाएका छौँ”, अध्यक्ष वलीले भने ।
मृत्युदर बढ्यो
गत वर्ष मङ्सिरदेखि यता १८ राउटेको मृत्यु भइसकेको छ । पछिल्लो समय मयो शाही, दलबहादुर शाही, मानसिं शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको जनाइएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ ।
एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको बताइएको छ । यकिन तथ्याङ्क नभए पनि राउटेहरु बर्सेनि घट्दो सङ्ख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ ।
प्राणीशास्त्रीसमेत रहनुभएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले राउटे वंशको सुरक्षा महत्वपूर्ण सवालका रुपमा रहेको बताए ।
“राउटे संस्कार, संस्कृति संरक्षण गर्न नसके अस्तित्व हराउन धेरै वर्ष पर्खनुपर्दैन”, उनले भने, “राउटे वंश, संस्कृति, बेग्लै भाषा भएको दुर्लभ मानव जाति लोपोन्मुख अवस्थामा पुग्नु दुर्भाग्य हो ।”
आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ बस्ती छाड्ने प्रचलनका कारण यो समुदाय छिटो–छिटो बसाइँ सर्नुपर्ने बाध्यतामा छ । पछिल्लो एक महिनामै उनीहरु सात स्थानमा बसाइँ सरिसकेका छन् ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले