
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन् ।
प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७८ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यता तथा समाजवादोन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य लिएकाले यसको सबैले आत्मसात गर्नुपर्ने बताए ।
उहाँले शुभकामना सन्देशमा आजको ऐतिहासिक दिनले प्रदेशवासी सम्पूर्ण नागरिकलगायत नेपालीबीच आपसी सद्भाव र ऐक्यबद्धता अभिवृद्धि गर्न सबैलाई थप प्रेरित गर्ने अपेक्षा व्यक्त गरे ।
यस्तै संविधान दिवस २०७८ कै अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा हाम्रो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गरेको बताएका छन ।
उनले यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी जनसमुदायमा अधिकारलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्नुपर्ने बताए । मुख्यमन्त्री केसीले संविधानमार्फत हामीले सङ्कल्प गरेको समृद्ध प्रदेश राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्णपालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त रहेको उल्लेख गरे।
शुभकामना सन्देशमा उहाँले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने उल्लेख गरे। यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले सङ्घ, प्रदेश र स्थानीयतह गरी तीन तहको राज्य संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको व्यवस्थाअनुसार प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहलाई संयोजनका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै यस प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकारको उनले पूर्ण प्रतिबद्धता व्यक्त गरे ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा