
१चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
४मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
५ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
८राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
९मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१०ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्ने भएकी छिन। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गर्ने घोषणा गरेकी हुन् ।
नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मान पदवीका लागि देशको राजनीतिक, आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिलाई पदकका लागि सिफारिस गरेको थियो ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिनेछ भने भने मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी दिइने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरिनेछ ।
सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्ने गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
राससकर्मीसहित दर्जन बढी पत्रकार विभूषित
विभिन्न मानवदवीबाट विभूषित हुनेको सूचीमा राससकर्मी दुईसहित दर्जनौँ पत्रकारले पनि पदक पाउने भएका छन् । राससकर्मी भीष्मराज ओझा र रोशन सापकोटासहित विभिन्न सञ्चार माध्यमका आबद्ध पत्रकार विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुने भएका हुन् ।
प्रकाशित सुचीअनुसार सुप्रवल जनसेवा श्री पदक पाउने पत्रकारमा तारानाथ दाहाल, डा. सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरिबहादुर थापा रहेका छन् ।
त्यसैगरी कृतिमय राष्ट्रदीप पदक ओम शर्मा, गुणराज लुइँटेल, महेश्वर दाहालले पाउने भएपका हुन्। त्यस्तै प्रवल सेवा श्री पदकबाट पत्रकार कवीर राणा, बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभूषण पाठक, समा थापा, विश्वमणि पोखरेल, रविन सायमी, रवि मिश्र, अनिता विन्दु, निता सापकोटा, डा बालकृष्ण चापागाईं, शालिकराम सुवेदी, गोविन्द धिताल, माधव ढुङ्गाना, प्रकृती अधिकारी र गिरीराज निरौला विभूषित हुनुहुनेछ ।
यसैगरी पत्रकार नारायण अमृत, चन्द्रशेखर कार्की, भुवन शर्मा, भरतबन्धु थापा, दिपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, नगेन्द उपाध्याय, विष्णु खड्का, रेखा भुषाल, बृजकुमार यादव, आकाङ्क्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान र डम्बरबहादुर अधिकारीलाई जनसेवा श्री पदकबाट सम्मान गरिने भएको छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष