
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
महेन्द्रनगर । बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ ।
कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङ्गको साइपाल गाउँपालिकामा व्यावसायिक रुपमा भेडा/च्याङ्ग्रा पालेर मनग्य आम्नादी गर्न थालेका छन् । दशैंका लागि ११२ वटा भेडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेर फर्किने क्रममा धनगढी पुगेका साइपाल गाउँपालिका–१ धलनका उब्जन बोहराले यस पटक रु ३० लाखको च्याङ्ग्राको कारोबार भएको बताउनुभयो । “साइपालबाट बिक्रीका लागि पोखरा पुगेका १२/१४ वटा ट्रक भेडा/च्याङ्ग्रा किनबेच भए”, बोहराले भन्नुभयो, “ यस पटक नयाँ व्यापारी पनि बझाङ्गबाट त्यहाँ पुगेको भेटिए ।”
उहाँका असार, साउन महिनामा आफूहरु भेडा÷च्याङ्ग्रा चराउन साइपाल हिमालको पाटन हुँदै चीनको उरै भञ्ज्याङ नाका पारिसम्म वर्षौदेखि जाने गरेको बताउनुभयो । “उरै नाका वारितर्फ चीनको गोडोहाल्ना र बैँस भन्ने ठाउँमा हामीहरु हरेक वर्ष भेडा/च्याङ्ग्रा चराउन जान्छौं”, उहाँले भन्नुभयो, “ वर्षातपछि हिउँ पर्न सुरु भएपछि तल गाउँतिर झर्छौ ।” साइपाल हिमालको पाटन र चीनको सीमावर्ती भूमिमा भेडा/च्याङ्ग्रा चराउँन जाँदा उतै टेन्टमा बास बस्ने गरेको उहाँले बताउनुभयो । “ चिनियाँहरु पनि अलि पहिलेसम्म हाम्रो क्षेत्रमा चौरीगाई चराउन आउथेँ ।” उहाँले चीनले उरैनाकासम्म आफ्नो भूमिमा यातायात सेवा विस्तार गरिसकेको बताउनुभयो ।
केही वर्षअघिसम्म डोटीको पेल्या लेकसम्म पनि बझाङ्गबाट भेडा/च्याङ्ग्रा चराउन आउने गरेको पशुपालक किसानहरुको भनाइ छ । “अहिले सो क्षेत्रमा रहेका सामुदायिक वनहरुले भेडा/च्याङ्ग्रा चराउन गएवापत प्रति भेडा रु एक सय राजश्व लिने गरेका छन्”, साइपाल गाउँपालिका–३ काँडाका मोहन बोहराले भन्नुभयो, “ भेडा/च्याङ्ग्रा पालनको व्यवसायमा लाग्ने कृषकलाई राज्यले पनि अनुदान र सहयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।”
उहाँले आफू पनि ११० वटा भेडा÷च्याङ्ग्रा पोखरामा बिक्री गरेर बझाङ्ग फर्किन लागेको बताउनुभयो । “ पोखरामा बिक्री गर्न एक साता जति समय लाग्यो”, उहाँले भन्नुभयो, “ गाउँमा प्रायः स्थानीयको व्यवसाय भनेकै भेडा÷च्याङ्ग्रा पालन गर्ने हो ।” बझाङ्ग सदरमुकाम चैनपुरबाट साइपाल गाउँपालिका पुग्न दुई दिन पैदल हिड्नुपर्ने हुन्छ । त्यहाँसम्म पुग्न पैदल गोरेटो बाटो निर्माण भइसकेको साइपाल गाउँपालिकाले जनाएको छ ।
विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा÷च्याङ्ग्रा खरिद बिक्रीमा स्थानीयहरु सोही गोरेटो बाटो प्रयोग गर्ने गरेका छन । यस पटक स्थानीय किसानहरुले च्याङ्ग्राको तौल हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर पोखरामा रु ३० हजार भन्दा बढी मूल्यमा बिक्री वितरण भएको जनाएका छन । साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले त्यहाँका किसानहरुले वार्षिक रु डेढ देखि दुई करोडको भेडा÷च्याङ्ग्रा बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले भेडा÷च्याङ्ग्रा पालनमा सक्रिय किसानहरुलाई संघ र प्रदेश सरकारबाट अनुदान वितरण गर्ने विषयमा कुराकानी भइरहेको बताउनुभयो । सो गाउँपालिकामा जडीबुटीको व्यापार चीनसित हुने गरेको छ । उहाँले चैनपुर–ताक्लोकोट सडक खण्ड निमार्णाधीन भएपनि कामको गति सुस्त भएको बताउनुभयो । “ हाम्रो गाउँपालिकासित जोडिन अझै २÷४ वर्ष लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “ट्रयाक खोल्ने काम पुस, माघमा हिउँले र वर्षातमा पानीले प्रभावित हुन्छ ।”
उता चीनले भने उत्तरी नाकाको नेपाल–चीन सीमासम्म सडक सञ्जाल विस्तार गरिसकेको उहाँले बताउनुभयो । “ पहिले नेपाल–चीन सीमाबाट तीन दिन हिडेर यो नाकाबाट कैलाश मानसरोवर तीर्थ यात्रामा जान्थे”, अध्यक्ष धामीले भन्नुभयो, “ चीनले सीमासम्म सडक ल्याएपछि एक दिनको यात्रामा पुगिन्छ ।” गाउँपालिकाबाट चीनसितको सीमानामा पुग्न तीन/चार दिन लाग्छ ।
स्थानीयलाई मानसरोवर जान गाउँपालिकाको सिफारिसमा चीनले जान अनुमती दिने गरेको छ । “ कोरोनाका कारण अहिले यो नाकाबाट आवागमन ठप्प छ”, धामीले भन्नुभयो, “ अरु बेला यहाँबाट वार्षिक २/३ हजार तीर्थ यात्रुहरु कैलाश मानसरोवर जाने गरेको रेकर्ड छ ।” (रासस)
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति