News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जन आवाज समाचार

पहिरो पीडित परिवारलाई सहयोग  

स्याङ्जाको वालिङ(१४ तमादीका गत असोज ८ गते घरमाथिबाट आएको पहिराले पुरिएर एकै घरमा नौ जनाको ज्यान गएको थियो । फाईल तस्विर/साभार

वालिङ । स्याङ्जाको वालिङ १४ तमादीका पहिरो पीडितलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गरेको छ । गत असोज ८ गते घरमाथिबाट आएको पहिराले पुरिएर एकै घरमा नौ जनाको पुरिएर ज्यान गएकाको परिवार र विस्थापित परिवारलाई आइतबार रु. दुई लाख ३० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

रोजगारीको सिलसिलामा विदेशमा बस्ने नेपालीहरुको छाता सङ्गठनकोरुपमा रहेको समाजको वैदेशिक शाखा दक्षिण कोरिया, दोहा कतार, स्पेन, अमेरिका र साउदी अरबमा गठन भएका समितिहरुमार्फत सङ्कलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । सहयोगस्वरुप सङ्कलन भएको रकममध्येबाट नौ जना परिवार गुमाएका भोजराज र मनिषा नेपालीलाई रु. एकलाख १० हजार र उक्त पहिरामा घर पुरिएर विस्थापित भई छिमेकीको घरमा आश्रय लिएर बसेका चार परिवारलाई प्रति परिवार रु. ३० हजारका दरले रु. एक लाख २० हजार उपलब्ध गराइएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । पहिराले घर पुरिँदा एकै घरका नौ जनाको मृत्यु भएको थियो भने अन्य चार घर परिवार विस्थापित भएका छन् ।(रासस)

डनन्यूज ट्रेन्डिङ