
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौँ, २६ भदौ । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो ।
ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पार्नुभयो । उहाँले पाँच दशमलव एक ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिनुभयो । लामिछानेको यो नै हालसम्मको उत्कृष्ट बलिङ हो । यसअघि उहाँले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्धको खेलमा १६ रन खर्चेर छ विकेट लिनुभएको थियो ।
नेपालले पपुवा न्यूगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्यूगिनीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । उसका लागि टोनी उराले १९, चाल्र्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बाउले ११ र गाउडी टोकाले १० रन बनाउनुभयो । बलिङ नेपालका लागि सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक÷एक विकेट लिनुभयो ।
यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकास्नुभयो । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिनुभयो । सो क्रममा उहाँले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हान्नुभयो । यस्तै केसीले २६ बलमा ४२ रन बनाउनुभयो । यसमा उहाँको चार छक्का र दुई चौका सामेल थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाउनुभयो । बलिङतर्फ पपुवा न्यूगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नर्मन भानुआले दुई/दुई तथा चाल्र्स अमिनीले एक विकेट लिनुभयो । यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको थियो । नेपालले अब सोमबारदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । ओमान सिरिज आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने