
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
सन्तोष गौतम
म्याग्दी, १४ भदौ । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो । विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताउनुभयो ।
“अधिकांश काम कम्प्युटर र इन्टरनेटबाट गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ ।” आइतबार अपराह्न झरी परिरहेका अवस्थामा कार्यकक्षमा अँध्यारो भएपछि उहाँ मोबाइलको टर्च बालेर कागजपत्र प्रमाणित गर्दै हुनुहुन्थ्यो ।
कम्प्युटरमा टाइप गर्न बिजुली नभएपछि अन्य कर्मचारीले अतिआवश्यक काम हातले लेखेर गरिरहेका थिए । बागलुङ र पर्वतका सिमानामा पोल ढल्दा आइतबार दिउँसो १ देखि ५ बजेसम्म म्याग्दीमा विद्युत् आपूर्ति बन्द भएको थियो । जिल्लामा विद्युत् आपूर्ति अनियमित हुने समस्या छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेबाट श्रीमतीको नागरिकता बनाउन आउनुभएका ताराप्रसाद छन्त्यालले समयमा काम नहुँदा थप दुई दिन बेनी बस्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो ।
“सानो बच्चासहित श्रीमतीलाई लिएर मध्याह्न१२ः३० मा आएका थिऔँ”, उहाँले भन्नुभयो, “बिजुली छैन भनेर दिनभरि काम गरेनन् । आज बिदा छ । आइतबारै काम सकेर फर्कने योजना थियो । मङ्गलबारसम्म बेनी बस्नुपर्ने भयो ।” जनजातिको प्रमाणपत्र बनाउन आएकी मालिका गाउँपालिका–५ देवीस्थानकी हेमा रानामगरले दिनभरि कुरेर काम नभएपछि त्यसै फर्कनुपरेको गुनासो गर्नुभयो । “बिजुली छैन भनेर काम गरेनन्, वैकल्पिक व्यवस्था रहेनछ”, उहाँले भन्नुभयो, “यस्तो महत्वपूर्ण कार्यालयमा विद्युत् आपूर्तिको विकल्प नगर्दा नागरिकलाई सास्ती भयो ।”
नागरिकताको प्रतिलिपि बनाउन आएका देवीस्थानकै सुरत पुनले पनि कामै सम्पन्न नभइ फर्कनुपरेको गुनासो गर्नुभयो । नागरिकता वितरण, सिफारिस, संस्था दर्ता, नवीकरणलगायतका काम लिएर प्रशासनमा पुग्ने सर्वसाधारण मर्कामा परेका छन् । संवेदनशील विषयमा हुने सूचना आदानप्रदान गर्न पनि समस्या भएको कर्मचारीले बताएका छन् । करिब एक महिनादेखि विद्युत् आपूर्तिमा समस्या भएको बताइएको छ ।
विसं २०७६ मा जडान गरिएको सोलार, ब्याट्री र इन्भटर बिग्रिएपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । “वारेन्टीको म्याद अझै दुई वर्ष रहेछ । आपूर्तिकर्तालाई तत्कालै मर्मत गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “सोलारबाट चार्ज गरेर ब्याट्री र इन्भटर बनाउन घाम नलागेपछि प्राविधिक हिसाबले समस्या भयो ।”