News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेराशिसं कास्की लर्निङ सेन्टरको निशुल्क शैक्षिक कार्यक्रम

पोखरा, १४ भदौं । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की लर्निङ सेन्टरको अनलाइन शैक्षिक कार्यक्रमको आइतबार उद्घाटन गरिएको छ ।

“गौरवशाली विगत चूनौंतीपूर्ण वर्तमान, गुणस्तरका लागि शैक्षिक सुशासन” भन्ने मूल नारासहित सेन्टरले साउन ३ गतेदेखि हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म अनिवार्य अङ्गे्रजी, नेपाली, गणित, विज्ञान र सामाजिक अध्ययन विषयको अनलाइनमार्फत निशुल्क शैक्षिक कार्यक्रम चलिरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले गुणस्तरीय शिक्षा भनेको प्रविधियुक्त शिक्षा भएकोले यसलाई संगठन कास्कीले सही सदुपयोग गरेको भन्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो । अहिलेको समयमा जो प्रविधिमैत्री छ, त्यो नै अगाडि हुन्छ भन्दै संगठन कास्की प्रविधि र सिर्जनशीलतामा एक कदम अगाडि भएको बताउनुभयो ।

कार्यक्रममा आइसिटी व्युरो तथा निशुल्क अनलाइन शैक्षिक कार्यक्रमका संयोजक दामोदर तिमिल्सिनाले अहिलेसम्म लर्निङ सेन्टरले कति गरेका गतिविधिका बारेमा प्रस्तुतिकरण गर्नुभयो ।

यसैबिच नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोख्रेल, नेपाल शिक्षक महासंघ कास्कीका नअध्यक्ष बोधराज पौडेलले शुभकामना मन्तव्य, सहजकर्ताका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङकी सहसचिव रीता पाठक, सहभागी विद्यार्थीका तर्फबाट प्रश्ना सुवेदीले आफ्ना भनाई राखेका थिए । संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तीर्थराज ढकालले गर्नुभएको थियो ।