
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
वालिङ, ११ भदौ । स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गर्नुभयो । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो । मलेसिया, दुबई र भारतका विभिन्न कम्पनीमा रोजगारी गर्नुभएका उहाँलाई घर छोडेर टाढा विदेशी भूमिमा बस्दा मन खिन्न हुन्थ्यो ।
उहाँलाई परिवारसँगै बसेर केही न केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले छाडेन । यसले गर्दा उहाँ विदेश बसाइँलाई छोट्याएर आफ्नै जन्मभूमिमा फर्किनुभयो । स्वदेश फर्केपछि केही न केही व्यवसाय थाल्ने मनसायका साथ उहाँले अग्रजसँग सल्लाह तथा परामर्श लिनुभयो र गाउँमै सुन्तला तथा बाख्रापालन व्यवसाय सुरु समेत गर्नुभयो ।
उहाँले आफूसँग भएको रकम र ऋण गरी झण्डै रु १४ लाखका लगानीमा ‘गणेश बाख्रा फार्म’ दर्तागर्नुभयो । स्थानीय तथा उन्नत जातका बाख्राका माउ पाल्न शुरु गर्नुभएका उहाँलाई त्यत्तिमै सीमित हुन मनले मानेन् । उहाँले यहाँ वरिपरि उत्पादन भएका बोका तथा पाठाको बजारीकरणमा समस्या देखेपछि गाउँगाउँमा उत्पादन भएका खसी, बोका र पाठा खरिद गरी ल्याउने र फार्ममार्फत बिक्रीवितरण गर्न थाल्नुभयो ।
“आफ्नो फार्ममा उत्पादन भएका खसी, बोकासँगै गाउँमा रहेका किसानका खसी, बोका सङ्कलन गरी एकै ठाउँबाट बिक्रीवितरण शुरु गरेँ”, युवा व्यवसायी पाठकले भन्नुभयो, “यसले गर्दा यहाँ उत्पादन भएका खसी बोकाले उचित बजार पाउने भएपछि खसी, बोका नबिक्ने समस्याको हल भएको छ ।”
व्यवसाय सञ्चालन गरेसँगै उहाँले बढीमा रु दुई करोडसम्मको कारोबार र थोरैमा गत वर्ष बन्दाबन्दीका कारण रु ८० लाख बराबरको कारोबार गर्नुभएको छ । यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा बिक्रीका लागि अहिले समस्या नभएको उहाँले बताउनुभयो । “थोरैथोरै उत्पादन हुने र बिक्री गर्नका लागि समस्या हुने रैछ, त्यस्तो अवस्थामा बजार मूल्य पनि राम्रो नपाइने हुँदोरहेछ”, उहाँले भन्नुभयो, “गाउँगाउँमा रहेका फार्म तथा व्यक्ति–व्यक्तिबाट सङ्कलन गरी एकमुष्ट बिक्री गर्दा बजार दिगो हुने भएकाले व्यवसायी खोजीखोजी आउने गरेका छन् ।”
यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा काठमाडौँ तथा पोखरामा खपत हुने गरेको छ । उहाँले भन्नुभयो “कामलाई सानो ठूलो नभनी फरक तरिकाले गर्नसकिएमा सफल भइन्छ । ” गल्याङ नगरपालिकाले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गरेको छ । नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएपछि अहिले फार्म खुल्ने क्रम वृद्धि भएकोे बताउनुभयो । विशेष गरी विदेश गएर फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित हुँदै गएको देखिन्छ । -तोलाकान्त बगाले/रासस
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर