
१मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
३मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
४ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
७राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
८मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
९ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
१०आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१२आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
लेखनाथ, ८ भदौं । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय निर्विरोध भएका छन् । संघको नयाँ नेतृत्वको लागि मंगलबार भएको उम्मेदवारको मनोनयन दर्तामा अध्यक्ष पदमा आत्रेयको एकल उम्मेदवारी परेको हो । आत्रेय वर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका छन् ।
कार्यसमितिका अन्य पदाधिकारी पदमा भने कांग्रेस र वामनिकट उम्मेदवारहरु एक अर्काका विरुद्ध उत्रिएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा भने विनोद कुमार श्रेष्ठ र भरतकुमार अधिकारीको उम्मेदवारी परेको छ । श्रेष्ठ द्वितीय उपाध्यक्ष हुँदै वर्तमान कार्य समितिमा प्रथम उपाध्यक्ष थिए भने अधिकारी यस अघिको कार्यसमितिमा उपमहासचिव दुईपटक र महासचिव पदमा रहेर काम गरीसकेका छन् । राजनितिक हिसावले श्रेष्ठ एमाले र अधिकारी काग्रेस निकटका हुन् ।
यसैगरी प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ओझा वर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष छन् भने श्रेष्ठ पुराना सदस्य हुन् । उनी संघमा सदस्य, उपमहासचिव महासचिव र द्वितीय उपाध्यक्ष बनेपछि धेरैै समय जापान बसेर फर्केका हुन् । ओझा एमाले र श्रेष्ठ कांग्रेस निकटका व्यवसायी हुन् ।
द्वितीय उपाध्यक्षमा संघका महासचिव गोपीचन्द्र बास्तोला र कार्यसमितिका सदस्य शैलेन्द्र मोहन भट्टराई चुनावी मैदानमा उत्रिएका छन् । बास्तोला कोषाध्यक्ष, उपमहासचिव, महासविच हुँदै अहिले द्वितीय उपाध्यक्षको प्रतिस्पर्धामा रहँदा उनलाई कार्यसमिति कै सदस्य भट्टराईले टक्कर दिएका छन् । बास्तोला माओवादी केन्द्र र भट्टराई कांग्रेस निकट हुन् ।
यसैगरी समितिको महासचिवमा वर्तमान कार्यसमितिमा उपमहासचिव भै काम गरेका उपेन्द्र सुवेदी ‘राजु’ र मेनका श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । चार कार्यकाल सदस्य रहेकी श्रेष्ठ कोषाध्यक्षमा बलियो दावेदार हुँदा हुँदै महासचिवमा उम्मेदवारी दिएकी हुन् ।
यसैगरी कोषाध्यक्ष पदमा भने कार्यसमितिका चारजना सदस्यहरुको भीडन्त हुने भएको छ । कार्यसमितिका सदस्यहरु भरत ओझा, रामजी पौडेल, भिमबहादुर विक र दिलकुमारी दाहाल ‘सन्ध्या’को उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
खुल्ला आठ सदस्यमा भने २१ जनाको उम्मदेवारी परेको छ । धु्रब बाबु भट्टराई, हरि बस्ताकोटी, निर्मल पौडेल, प्रमोद भण्डारी, बुद्धि बास्तोला, राधाकृष्ण अधिकारी, पुष्पमणि भण्डारी, राजन कल्याण बड्गामी, भरत थापा, टिकाराम सापकोटा, बिक्रम कर्माचार्य, बीरेन्द्र भण्डारी, इन्दिरा रोक्का, सुरेन्द्र त्रिपाठी, माधव तिवारी इन्द्र वहादुर थापा, जीबन तिवारी, खेमराज बराल, कृष्ण बहादुर अधिकारी, कुल बहादुर रानाभाट र लक्ष्मी प्रसाद ढुंगानामा चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरी महिला दुई सदस्यका लागि गंगा मल्ल, शान्ति खनाल, रञ्जना बराल, तुलसी थापा क्षेत्री र बुद्धिकुमारी मगरका बिच प्रतिस्पर्धा हुँदैछ । एशोसियट सदस्यमा बीरेन्द्र बानिया र मेघराज पौडेलका बिच प्रतिस्पर्धा हुनेछ भने संस्थागत सदस्यका लागि निर्माण व्यवसायी समिति लेखनाथका अध्यक्ष राम बहादुर गुरुङ र फर्निचर व्यवसायी महेश्वर आचार्यले उम्मेदवारी मनोनयन गराएका छन् ।
प्रथम उपाध्यक्ष र महासचिवमा एकल उम्मेदवारी पर्ने आँकलन गरिरहँदा एकाएक प्रकाशलाल श्रेष्ठ र मेनुका श्रेष्ठ मैदानमा उत्रिए पछि संघको निर्वाचन थप रोचक बनेको छ । पदाधिकारीमा संघका वर्तमान कार्यसमितिका सदस्यहरुले उम्मेदावरी दिएपछि नयाँ सदस्यका लागि समेत ठाउँ खाली हुने भएको छ । द्धितिय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षमा गरी सातजना सदस्य प्रतिस्पर्धामा उत्रिएपछि त्यतिकै मात्रामा नयाँ सदस्यहरुका लागि ठाँउ खुल्ला भएको हो ।
वर्तमान कार्यसमितिको सदस्यमा रहेका र अहिलेपनि सदस्यमै उम्मेदवारी दिएकालाई भने संस्थापन पक्षको साथ रहने अनुमान गरिएको छ भने नयाँ सदस्यले भने जित हासिल गर्न निक्कै मेहनत गर्नु पर्ने देखिएको छ । यसअघि बामपन्थी निकटका व्यवसायीहरु एकल प्यानल बनाएर अघि बढ्ने गरी तयारी गरेपनि अध्यक्षका विरुद्ध भने कसैको उम्मेदवारी नपर्दा छत्रधर आत्रेयले बाजी मारेका छन् । संघको निर्वाचनमा स्थानीयदेखि राष्ट्रिय राजनीतिको समेत केही प्रभाव रहने व्यवसायीहरुले आँकलन गरेका छन् ।
केन्द्रमा वर्तमान सरकारको गठबन्धनका दलका जिल्लास्तरीय नेताले संघमा पनि माथि कै लाईन अनुसार अघि बढ्न निर्देशन दिएको एक व्यवसायीले बताएका छन् । तर स्थानीय स्तरमा भने मत विभाजित हुने देखिएको छ । संघको १३ औं महाधिवेशन भदौ १८ र १९ गते हुँदैछ । एक हजार ७ सय ५१ सदस्यले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन् ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष