
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक बत्ती बलेको हो ।
नेपालीहरुको महान् पर्व बडादशैँको आठौँ दिन महाअष्टमीमा बत्ती बलेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् । बत्ती बाल्ने वर्षाैँदेखिको चाहना अहिले आएर पूरा भएको स्थानीय पार्वती शाहीले बताउनुभयो । “बिजुली बत्तीको आशमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना बल्ल पूरा भएको छ”, शाहीले भन्नुभयो, “त्यहीमाथि दशैँको बेला बत्ती बलेपछि गाउँ नै उज्यालो भयो ।”
स्थानीय मनिषा श्रेष्ठले मैनबत्ती र सोलारको भरमा बस्दै आएका स्थानीयवासीलाई बिजुली विस्तार भएपछि सहज हुने बताउनुभयो । “बत्ती नहुँदा गाउँ अहिलेसम्म अँध्यारो थियो, अब त गाउँ नै उज्यालो भयो”, उहाँले भन्नुभयो, “बत्ती आएपछि अब धेरै कुरामा सजिलो हुने भयो ।”
सोही वडाको नयाँटार, गड्यौलीटार, बन्टार, जगौली र खुङ्लिङमा पनि दशैँअगावै बत्ती बाल्ने तयारी भए पनि विद्युत् प्राधिकरणका कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि ढिलाइ भएको घिरिङ गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “विद्युत् प्राधिकरणका केही कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि मिटर बक्स उपलब्ध हुन नसकेर बाँकी बस्तीमा बत्ती बल्न सकेन”, श्रेष्ठले भन्नुभयो, “ती बस्तीहरुमा दशैँ लगत्तै बत्ती बल्छ ।”
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना र उपाध्यक्ष सरस्वती सिग्देलले शनिबार उक्त गाउँमा बत्ती बालेर विद्युतीकरणको उद्घाटन गर्नुभयो । गाउँपालिकाका अध्यक्ष रानाले ‘उज्यालो घिरिङ’ अभियान पूरा हुने क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले यहाँका ग्रामीण बस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिएको छ ।
गत हप्तामात्रै घिरिङ–४ को गलकोट र घिरिङ–५ को भाटडाँडाका ४५ घरधुरीमा बिजुली विस्तार भएको थियो । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाका अब करिब ५०० घरमा मात्रै विद्युतीकरण गर्न बाँकी छ । बाँकी रहेका घरहरुमा तिहारअगावै बत्ती बाल्ने तयारी छ ।
उपभोक्ता समितिले विगत एक महिनाको अवधिमा अत्रौली, पुट्टार, माहोरकोट लगायतका ठाउँमा पनि विद्युतीकरण सम्पन्न गरेको थियो । कोरोना कहरकै बीचमा पनि विद्युतीकरणको अभियानलाई सञ्चालन गरिएको थापाले बताउनुभयो । (रासस)
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु