
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
११पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१२आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
पोखरा । जनप्रतिनिधि, उपभोक्ता समूह र ठेकेदारको मिलेमतोमा नाला निर्माण गर्ने क्रममा निकालिएको सामाग्री योजना सम्पन्न नहुँदै अवैध रुपमा क्रसर उद्योगमा पु¥याईएको छ । पोखरा महानगरपालिका वडा नं. १ हरीचोकदेखि टुँडीखेल हुँदै साविक बालज्योति आधारभूत विद्यालयसम्म ढलान नाला निर्माण गर्ने भन्दै डोजर प्रयोग गरी निकालिएको गाभ्रेल नियम विपरित ठेकेदारले नै आफ्नो क्रसरमा लगेका हुन् ।

पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष शारदा पराजुली र नाला निर्माण गर्ने ठेकेदारको मिलेमतोमा नाला निर्माण गर्ने क्रममा निस्किएको सामाग्री राखिएको हेम्जास्थित क्रसर उद्योग
एकातिर सांसद विकास कोषबाट प्राप्त बजेट सिध्याउने नाममा असारको अन्तिम समयमा आएर धमाधम स्थानीयको घरमा डोजर प्रयोग गर्दा केही मानिसहरु त्यहाँबाट विस्थापित हुनु पुगेका छन् । भत्काईएका ठाउँहरुमा बर्खाका कारण झनै ठुलो क्षति पुगेको छ । यस्तो अवस्थामा निर्माण कार्य अलपत्रै पारेर स्थानीयको घर अगाडि खन्दा निस्किएका सामाग्रीहरुमा जनप्रतिनिधि, उपभोक्ता समिति र ठेकेदारको गिद्दे नजर परेको छ । जसले गर्दा ती डोजर प्रयोग गरी निकालिएका सामाग्रीहरु त्यहाँबाट टाढा रहेको क्रसर उद्योगमा अवैध रुपमा लगिएको छ ।

पोखरा महानगरपालिका वडा नं. १ हरीचोकदेखि टुँडीखेल हुँदै साविक बालज्योति आधारभूत विद्यालयसम्म ढलान नाला निर्माण गर्ने भन्दै डोजर प्रयोग गरी निकालिएको गाभ्रेल नियम विपरित जनप्रतिनिधि र ठेकेदार मिलेर ठेकेदारको हेम्जास्थित क्रसर उद्योगमा यसरी राखिएको छ । त्यहाँबाट ल्याइएको सम्पूर्ण सामग्रीहरु यो क्रसर बाहेक अन्यत्र कहाँ कहाँ राखिएको छ भन्ने विषयमा सम्बन्धित निकायले खोजबिन गर्न जरुरी छ ।
पोखरा महानगरपालिकाका सुचना अधिकारी भरत पौडेलले आफूहरुले त्यहाँबाट निस्किएको ढुङ्गा, गिटी र बालुवा अन्यत्रै पठाईएको भन्ने जानकारी पाएको र क्रसर उद्योगमा नै पठाएको हो भने त्यो नियत नै खराबी भएकोले कानुनी कारवाहीमा ल्याउने बताए । सूचना अधिकारी पौडेले भने–‘पहिला हामीले वडा कार्यालय मार्फत् उपभोक्ता समितिसँग बुझ्छौं र प्राविधिक खटाएर त्यहाँबाट कति सामाग्री बाहिर निकालिएको छ सोही अनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौं ।

पोखरा महानगरपालिका वडा नं. १ हरीचोकदेखि टुँडीखेल हुँदै साविक बालज्योति आधारभूत विद्यालयसम्म ढलान नाला निर्माण गर्ने भन्दै डोजर प्रयोग गरेर ग्राभेलहरु निकालिएको ठाउँ । फाईल तस्विर
सार्वजनिक ठाउँबाट निस्किएको यस्ता सामाग्रीहरु बिना अनुमति बेचबिखन गर्न वा अन्त लैजान पाईदैन । पोखरा महानगरपालिकाका राजश्व शाखा प्रमुख गणेश पाण्डेले नाला निर्माण गर्ने क्रममा निस्किएका यस्ता सामाग्रीहरु महानगरपालिकाबाट इजाजत लिएर, राजश्व बुझाएरमात्र बेचबिखन गर्न पाईने तर यत्तिकै लैजान नपाईने बताए ।
सांसद कोष र जनसहभागिता गरी २८ लाख ३५ हजार ८२ रुपैयाँको उक्त योजनाको काम सम्पन्न नहुँदै बिचमा नै रोकिएको छ । असारको झरी परेको महिनामा पोखरा वडा नं. १ का वडाध्यक्ष शारदा पराजुली स्वयं उपस्थित भएर धमाधम जनताका घरहरु भत्काएकी थिईन् । यसरी झरीको समयमा जनतालाई उठिबास लगाउने गरी डोजर प्रयोग भत्काईएको त्यस ठाउँमा न त कुनै निर्माण कार्य भएको छ, उल्टै त्यहाँबाट निस्किएको गाभ्रेल र सामाग्रीहरुमा जनप्रतिनिधि, उपभोक्ता समिति र ठेकेदारको गिद्दे नजर परेको हो ।

अलपत्र स्थानीयहरुको घर र योजना : असारको अन्तिम समयमा आएर बजेट सिध्याउने उद्देश्यले काम थालिए पनि पुरा काम सम्पन्न हुन सकेन । सांसद कोषबाट आएको पैसा फ्रिज हुन पुग्यो भने स्थानीयको विचल्ली । केही काम पुरा गरेर पत्रपत्रिकामा योजना सम्पन्न भनेर हिसाब सार्वजनिक गरिए पनि २८ लाखको योजनामा जम्मा ५ लाख ५० हजार रुपैयाँको काममात्र पुरा भएको छ ।
सांसद विकास कोषको बजेट सक्ने ध्याउन्नमा असारको झरीमा स्थानीयका घर भत्काउँदै शुरु गरिएको नाला निर्माण कार्यको पुरा बजेट र काम पनि सकिएको छैन । सांसद विकास कोषबाट प्राप्त १९ लाख ८२ हजार र जनसहभागिताबाट गरेर ८ लाख ५४ हजार गरी २८ लाख ३५ हजार ८२ रुपैयाँको उक्त योजनामा यतिबेला ५ लाख ५० हजार रुपैयाँ मात्र खर्च सार्वजनिक गर्दै योजना रोकिएको छ ।

अलपत्र योजना : वडा प्रहरी कार्यालय बगरको मुख्य गेट अगाडि नाला निर्माण गर्ने क्रममा खनिएको खाडल । योजना अलपत्र हुँदा पनि जनप्रतिनिधि र ठेकेदारको नजर यसरी खाडल खनिएको ठाउँबाट निस्किएको ग्राभेलमा परेको छ । जुन ठेकेदारको क्रसर उद्योगसम्म पु¥याईएको छ ।
उपभोक्ता समितिका अध्यक्ष रोजी पराजुलीले नाला बनाउन डोजर प्रयोग गरेर निकालिएको सामग्री वरपर राख्न कसैले नदिएपछि बाहिर राख्नु परेको बताईन् । अध्यक्ष पराजुलीले बेचबिखन गर्न नभई त्यो निर्माण कार्य सम्पन्न भईसकेपछि पुनः त्यहीँ प्रयोग गर्नका लागि राखिएको दावी गरिन् ।
पोखरा महानगरपालिका वडा नं. १ का वडासदस्य प्रेमदेवी परियारका अनुसार सेवाग्राहीले गुनासो गरेपछि हामीले नाला खन्दा निस्किएको त्यो सामाग्री जसले खन्यो, उसैलाई लैजा भनेर दिएको बताईन् । वडासदस्य परियारले भनिन्–‘त्यो लाश बोकेर घाटमा लैजाने बाटो हो । जनताले गुनासो धेरै गरे । त्यसैले सहजसँग मानिस हिड्न पाउँलान् भनेर जसले खन्यो उसैलाई कहाँ लगेर फाल्ने हो फाल बाबु भनेर दियौं ।’

अलपत्र योजना, घर भत्किएर जोखिम जनतालाईः अन्ततः हतार हतार असार महिनामा बजेट सिध्याउन वडाध्यक्ष शारदा पराजुली आफैं उपस्थित भएर डोजर लगाएको ठाउँको योजना अलपत्र परेको छ । यसरी नाला निर्माण गर्ने भनेर घर अगाडि खाडल खनेर छाडिएको छ भने त्यहाँबाट निस्किएको ग्राभेल ठेकेदार कम्पनी र जनप्रतिनिधि मिलेर क्रसर उद्योगमा पुर्याएका छन् ।
ठेकेदार कम्पनीले नाला खन्दा निस्किएका सामाग्रीहरु आफ्नै क्रसर उद्योगमा लगेर राखेका छन् । स्थानीयका अनुसार ठेकेदारले दुई तीन दिनसम्म लगाएर त्यहाँबाट सामाग्री संकलन गर्दै टिपरमा लगेका थिए । यस विषयमा ठेकेदार कम्पनीको क्रसर उद्योगका एक कर्मचारीले ती सामाग्रीहरु टुँडीखेलमा नाला खन्दा निकालेर ल्याएको बताए ।

पोखरा वडा नं. १ का वडाध्यक्ष शारदा पराजुली ।
विकास निर्माणको काम समयमा गर्न नसक्दा र असारमा बजेट मात्र सिध्याउने उद्देश्यले काम गर्दा योजनाहरु अलपत्र परेका छन् । जसले गर्दा स्थानीय दानप्रसाद देवकोटा विस्थापित भएर विद्यालयको कक्षा कोठामा बस्न बाध्य छन् । विस्थापित देवकोटाले भने–‘घर भत्काएर गएपछि अहिलेसम्म वडाध्यक्ष पराजुलीसँग भेटघाटै भएको छैन । पानी परेपछि अहिले झन् घर भत्कियो । अहिले घरको स्थिति यस्तो छ ।’

विस्थापित जनताको आक्रोश: नाला निर्माण गर्ने भन्दै वडाध्यक्ष शारदा पराजुलीले घर भत्काई दिएपछि विस्थापित हुन पुगेका दानप्रसाद देवकोटा । घर अगाडि पुरै भत्काई दिएपछि अविरल परेको पानीका कारण घर झनै भत्किन पुग्दा यतिबेला उनी, उनको परिवार र त्यहाँ भाडामा बस्नेहरु नजिकैको विद्यालयको कक्षा कोठामा शरण लिन पुगेका छन् । १० दिनमा नै निर्माण सम्पन्न हुने भन्दै भत्काईएको उनी लगायतकाको घर अब कहिले बन्छ थाहा छैन ।
यस विषयमा जिज्ञासा राख्दा पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष शारदा पराजुलीले भनिन्–‘खाल्डो खन्दा निस्किएको गाभ्रेल साईनिङ अस्पतालमा राखौं भन्दा पनि मानेनन् । नागरिक समाजले पनि मानेनन् । जसले काम गरेको छ, उसलै राख्ने र आवश्यक परे यहीँ ल्याउने भनेर उपभोक्ता समितिले अनुमति दिएर लगेको हो ।’

नाला निर्माण गर्ने भन्दै वडाध्यक्ष शारदा पराजुलीले डोजर लगाएर असारको झरीमा भत्काई दिएको स्थानीय दानप्रसाद देवकोटाको घरको अवस्था ।
वडाध्यक्ष पराजुलीले भने झैं समस्या पर्यो भन्दैंमा नाला बनाउने भनेर खनिएका खाडलहरुबाट निस्किएको गाभ्रेल राजश्व नबुझाई, पोखरा महानगरपालिकाबाट प्रकृया पुरा नगरी न त उपभोक्ता समितिले अनुमति दिदैंमा लैजान मिल्छ, न त वडाध्यक्षले भने भन्दैमा जता मन लाग्यो उतै लैजान पाईन्छ । नाला निर्माण गर्ने ठेकेदार कम्पनी र वडाध्यक्ष पराजुली आफन्त भएकै कारण नियम र प्रकृया विपरित निर्माण कार्यमा यस्ता गतिविधिहरु हुँदै आएको स्थानीयहरुले आरोप लगाउँदै आईरहेका छन् । जसको पुष्टि यस्ता पछिल्ला हर्कतहरुले गरेका छन् ।

क्रसर उद्योगका कर्मचारी ग्राभेल राखिएको ठाउँ देखाउँदै : पोखरा महानगरपालिका वडा नं. १ हरीचोकदेखि टुँडीखेल हुँदै साविक बालज्योति आधारभूत विद्यालयसम्म ढलान नाला निर्माण गर्ने भन्दै डोजर प्रयोग गरी निकालिएको गाभ्रेल राखिएको ठाउँ देखाउँदै हेम्जास्थित क्रसर उद्योगका एक कर्मचारी । तस्विरः राजेन्द्र अधिकारी
नाला खन्दा निस्किएको गाभ्रेल ठेकेदारले आफ्नै क्रसरमा लगेर राखेको छ । सँगै निर्माणाधिन टुँडिखेल परिसरमा भने बाहिरबाट सामाग्रीहरु ल्याउँदै पुरिदैं छ । यदि गाभ्रेल नचाहिने भएर फालिएको वा राखिएको भए सँगैको टुँडिखेल चौरमा राख्न सकिन्थ्यो । तर वडाध्यक्ष शारदा पराजुलीको यसतर्फ कुनै ध्यान नै पुगेको देखिदैंन । निर्माणस्थल भन्दा ५/७ किलोमिटर पर क्रसर उद्योगमा पु¥याईएको सामाग्री पुनः त्यहाँ पुर्नका लागि भनेर ल्याउनेमा स्थानीयवासीहरु आशंका व्यक्त गर्दछन् ।

अलपत्र पारिएको योजना: वडाध्यक्ष शारदा पराजुली स्वयं उपस्थित भएर भत्काईएका स्थानीयहरुको घर । न त नाला नै निर्माण सम्पन्न भयो । न त स्थानीयवासीको घर नै सुरक्षित ।
‘यो सम्भव नै छैन, कसैले पत्तो पाउँदैनन् जे गरे पनि हुन्छ भनेर गरिएको काम हो,’ एक स्थानीयले भने–‘अहिले मिडियाले त्यहाँ खनिएको सामाग्री र ग्राभेल कहाँ छ भनेर खोजेपछि बल्ल ठाउँ नभएर त्यहाँ राख्न लगिएको भनिएको छ । यो कसरी पत्याउने ? सँगैंको टुँडिखेल छ, नभएर अन्यत्र पनि राख्न सकिन्छ ? यो सरासर झुटो हो ।’ पछि पुनः पुर्ने नाममा पनि रकम पचाउने र निस्किएको ग्राभेलबाट पनि आम्दानी गर्ने सोंच जनप्रतिनिधि र ठेकेदारको देखिएको स्थानीयवासीको भनाई छ।
वडाध्यक्षको हर्कत सास्ती भोग्दै जनता: वडाध्यक्ष शारदा पराजुलीले डोजर चलाएपछि चर्किएका र भत्किएका स्थानीयको घर । न त योजना सम्पन्न भयो । न त डोजर चलाए पछि १ पटक फर्किएर वडाध्यक्ष पराजुली त्यहाँ पुगेकी छिन् । त्यहाँ आवश्यकता भन्दा बढि खाडल खनिएको गुनासो स्थानीयले गरेका छन् ।असारको अन्तिममा आएर झरीको समयमा गरिबदुःखीको घर भत्काएर थालिएको नाला निर्माण कार्य अलपत्र पर्नुका साथै सांसद विकास कोषको बजेट पनि फ्रिज भएको छ । यस्तो अवस्थामा वडाले भत्किएका घरहरु र स्थानीयको पीडामाथि मलम लगाउनुको साटो बजेट सिध्याउने ध्याउन्नमा मात्र अघि बढ्दा स्थानीय जनताले दुःख पाईरहेका छन् । पछिल्लो समयमा जनप्रतिनिधि र ठेकेदार कम्पनीसँगको साँठगाँठले विकास निर्माणका कार्यहरु अलपत्र पर्नुका साथै व्यापक अनियमितता फस्टाउँदै गईरहेको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप