
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषि उपज बिक्रीका लागि समर्थन मूल्य तोकी बिक्री हुन नसकेको कृषिजन्य उत्पादन प्रदेशले खरिद गर्ने बताएका छन् । सिलिंगे कृषि उत्पादक सहकारी संस्था लिमिटेडले शनिबार आयोजना गरेको कृषि औजार तथा सामग्री हस्तान्तरण कार्यक्रममा उनले यो योजना कार्यान्वयनका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गरिने बताए ।
उनले सहकारी संस्थाको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा संस्थागत क्षमता विकासलाई प्रदेश सरकारले प्राथमिकतमा राखिएको बताए । उनले भने,‘एक सहकारी–एक उत्पादन कार्यक्रमलाई प्रवद्र्धन गर्न बजेटमा आवश्यक व्यवस्था गरिएको छ ।’ विभिन्न अन्नबाली, फलफूल, नगदेबाली तथा तरकारी र पशुपन्छी तथा मत्स्यपालनका पकेट र ब्लक क्षेत्र स्थापना र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको उनले उल्लेख गरे ।
भू–बनोट र सम्भाव्यताको आधारमा आलु खेती, चैते धान, सुन्तला, कागती, अलैंची, कफी, मरिच, सितल चिनी, म्याकेडेमिया नट्स, चेस्ट नट्स, च्याउ, रेशम खेती, घाँसेबाली, मौरीपालन जस्ता कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको उनको भनाइ थियो । पशु, फलफूल, तरकारी र अन्नबालीको नयाँ प्रजाति विकास, पशु नश्ल सुधार र उन्नत बिउ उत्पादन गर्ने अनुसन्धानात्मक कार्यक्रमलाई जोड दिँदै गाई, भैंसी तथा बाख्राको नश्ल सुधार गरी उत्पादकत्व बृद्धि गर्न स्रोत केन्द्रको विकासलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलले बताए ।
उनले भने, ‘अन्नबाली, तरकारी, फलफूल तथा घाँसका स्वस्थ विरुवा उत्पादनका निम्ति प्रविधियुक्त नर्सरी स्थापना गर्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको छ । उनका अनुसार स्याउ उत्पादनमा आत्मनिर्भर हुन हिमाली जिल्लामा उच्च घनत्वमा आधारित स्याउ खेती विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
कृषि उद्यमशीलता अभिवृद्धि गर्न नेपाल सरकारसँगको सहकार्यमा बाली तथा पशुपन्छी बिमा ल्याइएको सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने कार्यक्रम पनि सरकारले अगाडि सारेको भनाइ राखे । उनले भने, ‘बाँझो तथा खेतीयोग्य जमीनको चक्लाबन्दी गरी सहकारी, सामूहिक, करार तथा व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने योजना सरकारको छ ।’
उनले भेटेरिनेरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रयोगशालाको स्तरोन्नति गर्न तथा पशु रोग नियन्त्रणका लागि पशुखोप कार्यक्रम सञ्चालन गरिने बताए । मुख्यमन्त्री पोखरेलले भौगोलिक सूचना प्रणाली मार्फत भू–उपयोगको तथ्यांक अद्यावधिक गरी प्रदेशस्तरीय भू–उपयोग योजना तयार गर्ने, सरकारी तथा सार्वजनिक, निजी र गुठी जग्गाको अभिलेख अद्यावधिक गरी व्यवस्थित गर्न लागिएको जानकारी उनले गराए ।
उक्त अवसरमा हाते ट्रयाक्टर, डिजिटल तराजु, सिँचाइ पाइप, हजारी, थोपा सिंचाइका लागि सामग्री किसानलाई हस्तान्तरण गरिएको छ । करिब ४७ लाख बराबरका सामान किसानलाई प्रदान गरिएको सहकारी अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले ग्रामीण भेगकका नागरिकको आर्थिक समृद्धिका लागि सहकारीलाई अगाडि सार्नुपर्ने बताए । अहिले प्रदेशमा सरकारको नेतृत्व फेरिएसँग जनअपेक्षा पनि बढेको भनाइ राखे ।
प्रदेश सभा सदस्य तथा अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले किसानलाई उकास्न प्रदेश सरकार र प्रदेश सभा सदस्य सधैं क्रियाशील रहेको भन्दै अब कृषिलाई उद्यमका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले किसानहरु अहिले प्रविधिमैत्री भएको भन्दै त्यस अनुसारको उत्पादन गरी राष्ट्रिय अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।
कांग्रेस कास्की सचिव देवेन्द्र रानाभाटले किसानलाई उद्यमशील बनाउन सहकारीको भूमिका उल्लेखनीय रहेको भनाइ राखे । सहकारीकी सल्लाहकार कोपिला रानाभाटले महिलाहरुलाई समेटेर अगाडि बढाउन सहकारीले उल्लेख्य भूमिका खेलेको बताइन् ।
कृषि ज्ञान केन्द्र कास्की प्रमुख शालिग्राम भट्टराईले कृषितर्फ पनि बेलैमा ध्यान दिन आग्रह गरे । उक्त अवसरमा पोखरा २६ का वडाध्यक्ष नारायण अधिकारीले शुभकामना व्यक्त गरेका थिए । सहकारीका सचिव सूर्यप्रकाश बञ्जाराले नगरपालिकाको २६ देखि ३३ गरी ८ वटा वडा कार्यक्षेत्र रहेको सहकारीमा १ हजार १ सय सदस्य रहेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गगत कृषि ज्ञान केन्द्र कास्की र सिलिंगे सहकारीको साझेदारीमा ती सामग्र्री हस्तान्तरण गरिएको हो ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर