News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य राजनीति

हामी श्रमजीवी

फेर्नु छ जुटौं आऊ
आऊ न तिमी हामी सबै जुटौं
जेजे छ त्यही बोकी उठौं
विश्वपालक हामी किसान
हामी मजदुर ,विश्व निर्माता
हामी नयाँ चेतना
हामी श्रमजीवी !

वुद्धि हुनेले बुद्धि लगाउँला
सीप हुनेले सीप लगाउँला
केही नहुनेलाई सक्षम बनाउँला

नेपाल बनाउनु छ
हामी हुनु छ नेपाली ।

हामी मिले आँधी जन्मन्छ
हुरी जन्मन्छ
हामीलाई गरिब पार्नेहरू तर्सन्छन्
फुटाएर लडाउनेहरू तर्सन्छन्
खग्रास पारौंला विभेद विसङ्गति
खुशी हाँसो मडारौंला धर्तीभरि

धर्म मान्छेकै उपज
जातथर मान्छेकै उपज
ईश्वर मान्छेकै उपज
समाज फेर्ने पनि मान्छे
अल्मल्याउने पनि मान्छे
पहिले ,फेर्ने र अलमल्याउने त चिनौं आऊ
हामी श्रमजीवी मिले के फेरिन्न …?

आऊ मिलौं र भत्काउँ अव्यवस्था
मानिसलाई बिभेद गर्नु हुन्न
धनी गरिब पर्खाल भत्काउँ आऊ
बराबरी पारौं मानिसहरूलाई
श्रम गर्नेभन्दा महान अर्को हुन्न
समय आफै शक्तिशाली र विजयी छ

ठूलासाना छैनौं र हुनुहुन्न
ठूलासाना भन्नेलाई छोड्नु हुन्न
श्रमसंसार भन्दा ठूलो अर्को हुन्न
मानिसले जन्माएका बर्ग मेटौं आऊ ।

-(पोखरा, २०७८-०३-१२)

डनन्यूज ट्रेन्डिङ