News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय खेलकुद प्रमुख समाचार

इराकसँग ६–२ ले नेपाल पराजित

'अब विश्वकप छनोटका बाँकी खेल खेल्नका लागि नेपाल कुवेत जानेछ'

पोखरा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित भएको छ । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलमा नेपाली राष्ट्रिय टिम इराकसँग ६–२ ले पराजित भएको हो ।

खेलको ७औं मिनेटमा इराकका कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै अग्रता लिएका थिए । तर त्यसको एक मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो । खेलको आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अहमद इब्राहिमले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि खेलको ३०औं मिनेटमा मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए । ३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो। सन्तोष तामाङको पासलाई डाँगीले इराकका गोलरक्षक अघि बढेको अवस्थामा गोल गरेका थिए ।

मनीषले अन्तर्राष्ट्रिय खेलमा शनिबार नै डेब्यु गरेका हुन् । खेलको ३५औं मिनेटमा मोहम्मद अब्दुलजारा ओबेदले इराकका लागि बराबरी गोल फर्काएका थिए । त्यसलगत्तै नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै इराकका लागि अयमन हुसेनले गोल गरे । त्यस्तै इराकका लागि ६७औं मिनेटमा मोहम्मद अली अलसम्मारी र ७५औं मिनेटमा सज्जाद जसिमले गोल गरेका थिए ।

४० मिनेटसम्म २–१ ले अग्रता लिएको नेपालले त्यसपछि पहिलो हाफमा तीन गोल खान पुग्यो । ४० मिनेटमा इराकले बराबरी गोल फर्कायो । कर्नरमा मोहमद अब्दुल्जारा हेडमार्फत बराबरी गोल गरेका थिए । अर्को मिनेटमा इराकका अयमन हुसेनल तेस्रो गोल ग¥यो ।

विश्वकप छनोटको तयारीमा रहेको फिफा वरीयताको १७१औं स्थानमा रहेको नेपाली फुटबल टिमले १०३ स्थानमाथिको इराकविरूद्ध मैत्रीपूर्ण खेल खेलेको थियो ।

यस्तै पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा इराकले थप दुई गोल हान्यो । ६८ मिनेटमा सुमन अर्यालको ब्याक पास मिस हुँदा अली अलसम्मारीले इराकका लागि पाँचौ गोल गरेका थिए । ७४ मिनेटमा सज्जदा जसमिले डिबक्सबाट उत्कृष्ट गोल गर्दै इराकको अग्रता ६–२ मा पु¥याएका थिए ।

त्यस्तै राष्ट्रिय टिमका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी को नेतृत्वमा नेपालले पहिलोपल्ट खेलेको हो । नेपालले यसअघि इराकसँग ३ पटक खेलेको थियो । सन् १९८२ मा एसियाली खेलकुदमा नेपाल इराकसँग ३–० ले हारेको थियो । त्यस्तै विश्वकप छनोटअन्तर्गत सन् २००१ मा नेपाल इराकसँग ९–१ र ४–२ ले हारेको थियो ।

नेपालले आगामी साता कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपाल इराकबाट छनोट प्रतियोगिता खेल्ने कुवेत प्रस्थान गर्नेछ ।

एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ । इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।

नेपालले अब विश्वकप छनोटका बाँकी खेल खेल्नका लागि कुवेत जानेछ । नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ ।