
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित भएको छ । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलमा नेपाली राष्ट्रिय टिम इराकसँग ६–२ ले पराजित भएको हो ।
खेलको ७औं मिनेटमा इराकका कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै अग्रता लिएका थिए । तर त्यसको एक मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो । खेलको आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अहमद इब्राहिमले आत्मघाती गोल गरेका थिए ।
त्यसपछि खेलको ३०औं मिनेटमा मनीष डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए । ३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो। सन्तोष तामाङको पासलाई डाँगीले इराकका गोलरक्षक अघि बढेको अवस्थामा गोल गरेका थिए ।
मनीषले अन्तर्राष्ट्रिय खेलमा शनिबार नै डेब्यु गरेका हुन् । खेलको ३५औं मिनेटमा मोहम्मद अब्दुलजारा ओबेदले इराकका लागि बराबरी गोल फर्काएका थिए । त्यसलगत्तै नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै इराकका लागि अयमन हुसेनले गोल गरे । त्यस्तै इराकका लागि ६७औं मिनेटमा मोहम्मद अली अलसम्मारी र ७५औं मिनेटमा सज्जाद जसिमले गोल गरेका थिए ।
४० मिनेटसम्म २–१ ले अग्रता लिएको नेपालले त्यसपछि पहिलो हाफमा तीन गोल खान पुग्यो । ४० मिनेटमा इराकले बराबरी गोल फर्कायो । कर्नरमा मोहमद अब्दुल्जारा हेडमार्फत बराबरी गोल गरेका थिए । अर्को मिनेटमा इराकका अयमन हुसेनल तेस्रो गोल ग¥यो ।
विश्वकप छनोटको तयारीमा रहेको फिफा वरीयताको १७१औं स्थानमा रहेको नेपाली फुटबल टिमले १०३ स्थानमाथिको इराकविरूद्ध मैत्रीपूर्ण खेल खेलेको थियो ।
यस्तै पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा इराकले थप दुई गोल हान्यो । ६८ मिनेटमा सुमन अर्यालको ब्याक पास मिस हुँदा अली अलसम्मारीले इराकका लागि पाँचौ गोल गरेका थिए । ७४ मिनेटमा सज्जदा जसमिले डिबक्सबाट उत्कृष्ट गोल गर्दै इराकको अग्रता ६–२ मा पु¥याएका थिए ।
त्यस्तै राष्ट्रिय टिमका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी को नेतृत्वमा नेपालले पहिलोपल्ट खेलेको हो । नेपालले यसअघि इराकसँग ३ पटक खेलेको थियो । सन् १९८२ मा एसियाली खेलकुदमा नेपाल इराकसँग ३–० ले हारेको थियो । त्यस्तै विश्वकप छनोटअन्तर्गत सन् २००१ मा नेपाल इराकसँग ९–१ र ४–२ ले हारेको थियो ।
नेपालले आगामी साता कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपाल इराकबाट छनोट प्रतियोगिता खेल्ने कुवेत प्रस्थान गर्नेछ ।
एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ । इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।
नेपालले अब विश्वकप छनोटका बाँकी खेल खेल्नका लागि कुवेत जानेछ । नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने