News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार विज्ञान-प्रविधी

पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विस्थापन गर्ने नीति

'विद्युतीय सवारीको विस्तार बढाउन ५ वर्षसम्म नवीकरण शुल्कमा छुट'

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुलाई वि.सं. २०८८ सम्ममा विस्थापन गर्ने नीति सरकारले सार्वजनिक गरेको छ । आज शनिबार २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी साधनको प्रयोग बढाएर पेट्रोलियम पदार्थबाट चल्ने साधनलाई विस्थापित गर्ने सरकारको नीति रहेको प्रष्ट पारे ।

यो नीतिलाई कार्यान्वयन गराउनका लागि सरकारले छिट्टै विज्ञसहितको कार्यदल गठन गर्नेछ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विस्थापित गराउन कैं लागि विद्युतीय सवारीको विस्तार बढाउन ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने पनि सरकारले घोषणा गरेको छ । जसमा सडक दस्तुरमा पनि छुट दिईने भएको छ ।

डनन्यूज ट्रेन्डिङ