
१डुलुवाको अध्यक्षमा योगेश भट्टराई
२सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१०रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
११किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
बागलुङ । पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट हाँडीकोट पुग्नुभयो । ब्याडथलामा रात काटेका जिसी र उहाँका साथीहरु हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले बिहान चारै बजे उठेर उकालो लागे । एक घण्टाको पदयात्रापछि हाँडीकोट पुगे ।
हाँडीकोटको टापुमा पाइला राख्दा/नराख्दै पूर्व क्षितिजमा लाली छायो । केही छिनमै सूर्य उदायो । “धेरै ठाउँको यात्रा गरियो तर हाँडीकोटबाट देखिने सूर्योदय अद्भुत नै लाग्यो”, जिसीले सुनाउनुभयो । फोटोग्राफीमा पनि अब्बल जिसीले सूर्योदयलाई क्यामेरामा कैद गर्नुभयो ।
घामको सुनौलो किरण हिमालमा पोखिँदाको दृश्यले त झन् उहाँलाई रोमाञ्चित तुल्यायो । पर्यटनको प्रबल सम्भावना भएर पनि हाँडीकोट ओझेलमा परेको उहाँको भनाइ छ । जैमिनी नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोट पुग्नेमा जिसी एक्लो हुनुहुन्थेन ।
पर्यटन प्रवद्र्धनमा सक्रिय ‘घुमन्ते समूह’का सदस्य, पत्रकारलगायतले दशैँको छेकोमा हाँडीकोटलाई लक्ष्य बनाएका थिए । शुक्रबार मध्याह्नपख बागलुङ बजारदेखि यात्रा थालेका उनीहरु आइतबार बिहान मात्र हाँडीकोट पुगेका थिए । पहिलो दिन जैदी, सुन्तलाचौरमा रात काटेर भोलिपल्ट बिहान हात्तीढुङ्गा, बेलबगर, गाईधुने गुफा हुँदै ब्याडथला पुगेको ‘घुमन्ते समूह’का सदस्य खिमबहादुर क्षेत्रीले बताउनुभयो ।
जैदी सेरोफेरोका पर्यटकीय गन्तव्य चहार्दै शनिबार साँझ हाँडीकोट तल ब्याडथला बास बस्न पुगेको उहाँले जानकारी दिनुभयो । “यात्राको एउटा लक्ष्य सूर्योदय अवलोकन पनि थियो, साँच्चिकै त्यसले हाम्रो यात्रालाई पूर्ण बनायो”, क्षेत्रीले भन्नुभयो । त्यस दिन हिमाल पूरै नखुले पनि सूर्योदयले अरु थोक बिर्साइदिएको उहाँले बताउनुभयो ।

हाँडीकोटमा आन्तरिक पर्यटक: बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट पुगेका आन्तरिक पर्यटक । सूर्योदय÷सूर्यास्त र हिमश्रृङ्खला अवलोकनका लागि हाँडीकोट उपयुक्त गन्तव्य मानिन्छ । तस्बिर: रामबहादुर थापा/रासस
पर्यटकीय लेक हाँडीकोटबाट सूर्योदय÷सूर्यास्तसँगै मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भूभाग देखिन्छन् । कुनै बेला भुरे÷टाकुरे राजाले त्यस क्षेत्रबाट राज्य चलाएको इतिहासमा उल्लेख छ । जडीबुटी र वन पैदावरका दृष्टिले पनि हाँडीकोट धनी छ । दुर्लभ चरा र वन्यजन्तुको बासस्थान रहेको तथा दुई हजार १९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीयवासी बताउँछन् ।
हाँडीकोट युवा क्लबका सदस्य यम पुनले सरकारी तवरबाट कुनै पनि निकायको नजर हाँडीकोटमा नपरेको बताउनुभयो । “यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी, शौचालय र खाजा खानेसम्म ठाउँ छैन”, उहाँले भन्नुभयो, “पछिल्लो समय हाँडीको चर्चा हुन थाले पनि सोअनुसार यहाँको विकासले गति लिन सकेको छैन ।” स्थानीय सरकारको रूपमा रहेको नगरपालिकाले समेत हाँडीकोटलाई बेवास्ता गरेको उहाँको गुनासो छ ।
फोटो पत्रकार आरके अदिप्त गिरीले पर्यटनमैत्री र कलासापेक्ष ढङ्गले संरचनाहरु बनाउनुपर्ने बताउनुभयो । जथाभावीरूपमा पूर्वाधार खडा गर्दा हाँडीकोटको प्राकृतिक सौन्दर्य नासिने उहाँको भनाइ छ । “माथिसम्मै सडक किन ल्याउनुप¥यो ? मन्दिर, भ्यूटावरजस्ता संरचना बनाउँदा पनि मौलिकता झल्किनुपर्छ”, उहाँले भन्नुभयो । गिरीले हाँडीकोट र नजिकै रहेको ऐतिहासिक थन्थाप माई मन्दिरलाई जोडेर पर्यटन विकासको एकीकृत गुरुयोजना बनाउनुपर्ने धारणा राख्नुभयो । विसं १८६५ मा बनेको उक्त मन्दिर जिल्लाकै प्रसिद्ध शक्तिपीठका रुपमा चिनिन्छ । हाँडीकोट ९० हेक्टर र थन्थाप माई मन्दिर १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर हाँडीकोटमा पर्यटन विकासको काम थालिएको जनाएको छ । पदमार्ग, दृश्यावलोकन स्तम्भ, मन्दिर, होटल, सङ्ग्रहालयलगायत संरचना बनाउने योजना नगरपालिकाको छ । दृश्यावलोकन स्तम्भका लागि प्रदेश सरकारको समेत रु १५ लाख बजेट छ ।
नगरपालिकाको लगानीमा पूर्व र उत्तरपट्टिबाट गरी एक किमी जति पदमार्ग पनि बनिसकेको छ । कच्ची सडक पनि नजिकै पुगेको छ । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा ब्याडथला पुग्न सकिन्छ । त्यहाँबाट पैदले हिँडे पनि एक घण्टाभित्रैमा हाँडीकोट पुगिन्छ । पूर्वाधार पनि बन्न शुरु गरेको र प्रचारप्रसार पनि हुन थालेको स्थितिमा पछिल्लो समय हाँडीकोट पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् ।
बन्दोबस्तीसहित पुग्ने कतिपय आन्तरिक पर्यटकले टापुमै ‘क्याम्प फायर’ गरेर रात बिताउँछन् । माथि नै बस्ने प्रबन्ध मिलाएकाले सूर्यास्त र सूर्योदयको अवलोकन एकै यात्रामा गर्न सक्छन् । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर गत वर्ष हाँडीकोट महोत्सवसमेत गरिएको थियो । (रासस)
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन