
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार रोगले झनै च्याप्यो । मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको परिवारलाई रोगसँगै भोकले पनि उस्तै पिरोल्दै थियो । । चरम आर्थिक समस्या, अर्कोतर्फ कोरोनाको महामारी । रोग र भोक दुवैले थलिएका परियारको दुःखमा मलम लगाउन दलित महिला संघ (फेडो) सहयोगी बनेर देखा प¥र्यो ।
विष्णु परियारका जेठो छोरा दुर्घटनामा परे । उता, बुहारी सुत्केरी अवस्थामा छिन् । कान्छो छोरा कुवेत जाने वित्तिकै कोरोना महामारी सुरु भयो । दसैंको मुखैमा उनको परिवारमा एकपछि अर्को गर्दै दुःखका श्रृंखलाहरु बढ्दै गईरहेका छन् । नजिकिदैं गरेको चाडमा न घरमा खुशी छ, न त मनमा नै ।
सिलाइ पेसा गरेर आम्दानी गर्ने श्रीमान थलिएदेखि सीता परियारको आँखामा आँशु थामिएको छैन । जेठो छोराले ल्याएको दसैं खर्च बुबाकै उपचारमा सकियो । वडा कार्यालयले विष्णुको उपचार गर्न १० हजार रुपैयाँ दियो । श्रीमान निको हुने नहुने द्विविधा त छ नै, उपचार खर्च सम्झेर उनको नौनाडी गल्छन् । चाडवाड आएकोमा उनलाई कत्ति पनि हर्ष छैन ।
मंगलबार दलित महिला संघ (फेडो) कास्कीले भने उनको ओठमा थोरै भए पनि मुस्कान भ¥यो । फेडोका प्रतिनिधि खाद्यान्न र रकम सहयोग गर्न पुगेपछि उनको मुहार केही उजेलियो । फेडोले उनलाई दसैं राहत प्रदान गरेको हो । राहत सामग्रीमा थियो एक बोरा चामल, २ किलो दाल, २ किलो चिनी, १ किलो नुन, २ लिटर तेल, १ पाउँ चियापत्ती, आधा किलो मस्यौरा र १ हजार रुपैयाँ । राहत बुझेपछि सीताले जसोतसो दसैं टर्ने बताइन् । फेडोलाई धन्यवाद दिइन् ।
अमेरिका निवासी समाजसेवीबाट संकलित रकमबाट फेडोले पोखराका विपन्न, अपांग एवं एकल महिलालाई राहत प्रदान गरेको हो । अमेरिकामा रहेकी पर्वतकी विष्णुमाया परियारको पहलमा सहयोग संकलन भएको थियो । उनीसहित रन्चु थापा, मनकुमारी पुन, तुमला श्रेष्ठ, उर्मिला लाम्गादे, यमुना पोखरेल, अतिकला लापा, चमेली परियार, कल्पना रामदाम, चुङला शेर्पा, कृष्ण सिंह, उजेली रामजाली, बिमला लिम्बु र भुवन विश्वकर्माले आर्थिक सहयोग गरेका थिए । फेडो कास्कीले पोखराको बाटुलेचौर, हेमजा, काहूँ, बाँझापाटन, छोरेपाटन, घारीपाटन, कालिका, गगनगौंडा र रिठ्ठेपानीका १६ महिलालाई राहत वितरण गरेको सहसचिव सरस्वती परियारले जानकारी दिइन् ।
फेडो कास्की अध्यक्ष कोपिला गायकले कोरोना महामारीमा दलित महिलाको आर्थिक अवस्था झनै खस्किएको बताइन् । ‘यहीं बेला चाडवाड आउँदा भार झनै थपिन्छ,’ उनले भनिन, ‘थोरै भएपनि राहत होस् भनेर सहयोग गरेका हौं ।’
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो