
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
लिमा । दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार नियोजन गर्न बाध्य बनाएको भनी परेको मुद्दाको शनिबार अदालती प्रक्रिया सुरू भएको छ ।
अन्यायमा परेको बताउँदै न्यायका लागि बीस वर्षदेखि आवाज उठाउँदै आएका ती गरिब आदिवासी समुदायका महिलाले लामो समयपछि अदालतमा सुनुवाई सुरू भएपछि न्याय पाउने आशा पलाएको बताएका हुन् ।
पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजीमोरीले २० वर्ष पहिले गरेको निर्णयका कारण आफूहरू बाँझोपनको शिकार बन्नु परेको दावी गर्दै निर्णयकोे बिरुद्धमा गरिएको कार्यक्रमका सहभागी महिलाहरूले लामो पर्खाईपछि न्याय पाउने बताएका हुन् ।
कार्यक्रमका सहभागी तथा एक पीडित ग्लोरिया बासिलियो होयमानले एएफपीलाई बताउनुभयो, “हामी न्यायको लागि २० बर्षभन्दा बढी पर्खाइमा रह्यौँ ।
म चाहन्छु कि उनीहरूले हामीलाई पहिचान गरून् र बलपूर्वक परिवार नियोजनका लागि गरेको कार्यका लागि सबै महिलासँग माफी मागुन् ।”
उहाँले भन्नुभयो, फूजिमोरीको कार्यकालको अन्त्यतिर भएको निर्देशन बमोजिम म २७ वर्षको हुँदा परिवार नियोजन कार्यक्रम अन्तर्गत मेरो र मजस्ता हजारौं महिलाहरूलाई झुक्याएर प्रजनन् नलीलाई बाँधेर नि ःसन्तान पार्ने काम भएको थियो । यो कार्यक्रम स्वेच्छिक हुनुपथ्र्याे । तर हजारौँ महिलालाई तर्साएर दवावमा पारेर बन्ध्याकरण गराइएको थियो ।
पेरूको एक अदालतले सन् १९९० देखि सन् २००० सम्म पेरूको राष्ट्रपति रहेका ८२ वर्षीय फुजिमोरीलाई विपक्षी बनाएर परेको मुद्दामाथि सोमबारदेखि सुनुवाई चलाएको छ । जबरजस्ती भनिएको प्राय आदिवासी सहभागी उक्त बन्ध्याकरण कार्यक्रममा दुई लाख ७० हजार महिलालाई सामेल गराइएको थियो ।
हाल ४८ वसन्त पार गरेकी बासिलियोले भन्नुभयो, “म अधिकारीहरूलाई न्याय दिनका लागि आग्रह गर्छ । हामी पेरूका जनता हौँँ र हाम्रो आर्थिक स्थिति कमजोर छ तर हामी गरिब होइनौँ ।”
उहाँ स्पेनिशमा हुने अदालतको सुनुवाईको अनुवाद गर्न उनको एक अनुवादक प्रयोग गर्ने गर्नुभएको छ ।
पेरुमा महिलाको अधिकारलाई सहयोग गर्ने गैर–सरकारी संस्थाले सहयोग गरेको न्यायका लागि गरिएको अभियानमा करिब दुई हजार महिलाहरू जोडिइसकेका छन् । अभियानका कारण अहिले मुद्दा अदालतमा सुनुवाईको प्रक्रियामा पुगेकोे छ ।
सरकारी तथ्याङ्क अनुसार उक्त बन्ध्याकरण शल्यक्रियाका कारण १८ महिलाले ज्यानसमेत गुमाएका थिए ।
फुजीमोरी र उहाँका तीन पूर्व स्वास्थ्य मन्त्रीहरूसहित सहयोगी प्रतिवादीहरूले “जनताको जीवन र प्रजनन स्वास्थ्यसँग खेलवाड गरेको र यसबाट त्यो समूहमा परेको क्षतिको कुनै ख्याल नगरेको अभियोजक पाब्लो एस्पिनोजाले बताउनुभयो ।
पीडितहरूले सन् २०० देखि न्यायको लागि अवाज उठाईरहेका थिए । यसै अभियानलाई सहयोग गर्दै अदालतमा मुद्दा हाल्ने एस्पिनजो पहिलो वकील हुनुहुन्थ्यो ।
फुजीमोरी र उहाँका सहयोगी प्रतिवादीहरुलाई ‘जीवन र स्वास्थ्यमा क्षति पु¥याउने अप्रत्यक्ष अपराध, गम्भीर चोटपटक र गम्भीर मानव अधिकार उल्ल बद्घन’ आरोप लगाइएको छ ।
बन्ध्याकरण गरेका केही महिलाहरुलाई परम्परागत माचो संस्कृति भएको देशमा उनीहरूका साझेदारहरूले उनीहरूलाई भिन्न (घृणा) को दृष्टिले हेर्ने गरेका छन् ।
“यो भएकोले म धेरै निराश हुन थालेको थिएँ। मेरो साथीले मलाई भने कि कसैले पनि मलाई खोज्नेछैन किनकि म एउटी महिला हुँ जसले मेरो कुनै बच्चा नभएकोले मेरो सेवा गर्दिन । उनले मलाई त्यागिन्,” ४८ वर्षीया न्यान्सी सान्चेज गुरेरोले एएफपीलाई बताउनुभयो ।
“यदि उनीहरू नसाबन्दी गर्न चाहन्छन् भने उनीहरूले हामीलाई सोध्नु पर्ने थियो, हामीलाई कुरा बुझाइदिनुपर्ने थियो र हरेक व्यक्तिले उसको निर्णय लिनुपथ्र्याे ।”
सान्चेजले भन्नुभयो, “फुजीमोरीले हामीसामु सार्वजनिक रूपमा माफी माग्नु पर्छ । उहाँ र उहाँका मन्त्रीहरूले यो बुझ्नु पर्छ कि उनीहरूले हामीमाथि अन्याय गरेको छ, हामी मानव हौं,“ सान्चेजले थप्नुभयो ।
पूर्व राष्ट्रपति फुजिमोरीले अहिले मानवता विरुद्धको अपराधको लागि २५ बर्षको जेल सजाय पाउँदै आउनुभएको छ तर उहाँले कहिल्यै उक्त बन्ध्याकरण अभियानको लागि माफी माग्नुभएको छैन । रासस/एएफपी
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन