
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
गलेश्वर । पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
करिब एक दशकअघि पहिचान भएको यो पदमार्ग सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको यस क्षेत्रको सम्भावनायुक्त पदमार्ग हो । रघुगङ्गा गाउँपालिकाको रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मका खैरो खोला, फेदी खोला, सेतिने खोला, सरल धारा र काती बरहा खोलामा पुल नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको चिमखोलाका गमबहादुर पुनले बताउनुभयो । “धौलागिरि आइसफल पुग्न पर्यटक आए पनि खोलामा साँघुको भरमा तुर्नुपर्छ”, उहाँले भन्नुभयो । आइसफल पुग्न ठाउँठाउँमा पदमार्ग निमार्णले सहज भए पनि खोलामा पुल नहुँदा यात्रामा असहज भएको धौलागिरि आइसफलको यात्राका लागि काठमाडौँदेखि आउनुभएकी सविना ढकालले बताउनुभयोे ।
“अरु बाटोमा त जेनतेन हिडियो खोलामा निकै गाह्रो भयो, केही खोलामा त यहाँका स्थानीय दाइहरुले बोकेर नै तार्दिनुभयो”, उहाँले भन्नुभयो । “यो आइसफललाई पर्यटकीय गन्तव्य बनाउन पहिला खोलामा पुल हाल्न आवश्यक देखियो ।” रघुगङ्गा गाउँपालिकाका अधिकांश वडालाई समेटेको यस पदमार्गलाई व्यवस्थितरुपमा सञ्चालनमा ल्याउन गाउँपालिकाले ( विस्तृत परियोजना प्रतिवेदन ) डिपिआर तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
“कहाँ–कहाँ के पूर्वाधार बनाउने भनेर डिपिआर भएको छ, त्यसको रिपोर्ट आयो भने सम्बन्धित निकाय र मन्त्रालयमा प्रस्ताव पेश गर्छौं”, अधिकृत सुवेदीले भन्नुभयो । चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट यस क्षेत्रमा निर्माण गरिएको पदमार्गले यात्रामा सहज भए पनि खोलामा पुलको समस्या देखिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । स्थानीयले पदमार्गअन्तर्गत कोखेभिरमा डोरीको सहायताले पदमार्ग निर्माण गरिरहेका छन् । कोखेभिरसँगै पापीधर्मी भिरमा ३०० मिटर बढी कडा पहाडलाई कटान गरेर पदमार्ग बनाउनुपर्ने देखिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन