
१पोखराका मेयरले गफ लगाउँदा गृहमन्त्री विवादमा
२फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
३शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
४नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
५लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
६फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
११सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१२आजदेखि एसईई परीक्षा सुरु
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
गलकोट । बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक गाउँपालिकामा केन्द्रीय विद्युत्को पहुँच पु¥याएको जनाएको छ । पहिलोपटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ वडा नं ४ जलजलाको झुलेडाँडा गाउँमा विद्युत् सेवा पु¥याएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।
लामो समयदेखि लघु जलविद्युत्को भरमा गुजारा गर्दै आएका वडावासी पहिलोपटक केन्द्रीय विद्युत् बलेपछि हर्षित भएको स्थानीय तिलक छन्त्यालले बताउनुभयो । “बिहान बेलुका सामान्य बत्ती मात्रै बाल्न पुग्थ्यो”, छन्त्यालले भन्नुभयो, “बर्खाको समय घरेलु विद्युत्मा समस्या आउँदा अन्धकारमै थियौँ, केन्द्रीय विद्युत् आउँदा निकै सहज भएको छ ।”
झण्डै आठ वर्षदेखि लघु जलविद्युत्मार्फत सामान्य सेवा उपभोग गरेका जलजलावासीको घरमा केन्द्रीय विद्युतीकरण पु¥याइएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो ।
“केन्द्रीय विद्युत्को पहुँच गाउँगाउँ पु¥याउने सरकारको नीतिअनुसार बडीगाडमा जलजलाबाट विद्युतीकरण शुरु गरेका छौँ”, गोशलीले भन्नुभयो, “आगामी असार मसान्तसम्म गाउँपालिकाको ८ नम्बरबाहेक वडा १ देखि १० नम्बर वडासम्म विद्युतीकरणको लक्ष्य रहेको छ ।”
जलजलाको झुलेडाँडाका ३५ घरमा शनिबारदेखि विद्युत् पगेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत झण्डै रु ५५ लाखको लागतमा जलजलामा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले गलकोट नगरपालिका–५ हरिचौरमा रहेको सबस्टेसनबाट ११ केभी प्रसारण लाइनमार्फत गाउँपालिकाको खौलारा बजारदेखि चार किलोमिटरको दूरीमा रहेको झुलेडाँडामा ५० केभी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको छ ।
केन्द्रीय विद्युत्को बडीगाड गाउँपालिकाका उपाध्यक्ष अम्मरबहादुर श्रीस र प्रमुख गोशलीले ‘स्विच अन’ गरेर शनिबार उद्घाटन गर्नुभएको थियो । वितरण केन्द्रले धेरै विद्युत् माग भएको ढोरपाटन नगरपालिकामा गत असोज देखि केन्द्रीय विद्युत् पु¥याइसकेको छ । ढोरपाटनमा अहिले ६०० भन्दाबढी घरमा केन्द्रीय विद्युत्को मिटर वितरण भइसकेको छ । अहिले बागलुङको पश्चिम क्षेत्रमा धमाधम विद्युतीकरण भइरहेको छ ।
२०८ विपन्नलाई निःशुल्क मिटर बक्स
प्राधिकरणले विद्युत्को पहुँच पुगेरसमेत मिटर खरीद गर्न नसकी अन्धकारमा बस्दै आएका विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर बक्स वितरण गर्दै आएको छ । गाउँमा विद्युतकीकरण भइसक्दासमेत मिटर बक्स खरीद गर्न नसकी छिमेकीबाट विद्युत् लिएर बाल्दै आएका र अन्धकारमा बस्दै आएका परिवारलाई नेपाल विद्युत् प्राधिकरणले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको प्राधिकरणको बागलुङ वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले यही आर्थिक वर्षको पुस मसान्तसम्म २०८ परिवारलाई निःशुल्क मिटर बक्स वितरण गरेको गोशलीले जानकारी दिनुभयो । प्राधिकरणले बिहीबार मात्रै गलकोट नगरपालिका–४ स्थित चमुवा र नुवाकोटका १६ घर परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । “गलकोटमा विसं २०६८ देखि केन्द्रीय विद्युत् पुगे पनि विद्युत् मिटर राख्न नसकेका विपन्न परिवारलाई विद्युत् मिटर वितरण गरेका छौँ”, गोशलीले भन्नुभयो, “वडा कार्यालयले विद्युत् पुगेर पनि मिटर खरीद गर्न नसक्नेको सिफारिस दिएमा निःशुल्क मिटर वितरण गर्दै आएका छौँ ।” मिटर माग गर्न विद्युत् प्राधिकरणको वितरण केन्द्रमा समेत आउन नसक्ने र विद्युत् मिटर खरीद गर्न नसक्नेलाई निःशुल्क मिटर वितरण गरिँदै आइएको छ ।
सेवाग्राहीले विद्युत् मिटर खरीद गर्दा रु तीन हजार ४०० लाग्ने गर्दछ । सेवाग्राही वितरण केन्द्रमा आउने जाने सबै खर्च जोड्दा झण्डै पाँच हजार लाग्ने भए पनि वितरण केन्द्रले निःशुल्क मिटर दिँदा सेवाग्राहीको झण्डै पाँच हजार रकम बचत हुनेछ । अहिले प्राधिकरणले १० युनिट मात्रै विद्युत् खपत भएमा महशूल शुल्क निःशुल्क गरेको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने