
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले कोरोना भाइरसका कारण स्थगन ‘टिभीएस अपाचे पाँचौँ पोखरा स्पोर्टस् अवार्ड’ आगामी वैशाखमा गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी वैशाख २१ गते गत वर्ष र यस वर्षको गरी दुवै अवार्ड ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७’ नाममा आयोजना गर्ने निर्णय मञ्चको बैठकले गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।
खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । दुई वर्षको अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुँदै आएको कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल सङ्घ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका छन् ।
विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदै आएको छ । अवार्ड वितरण कार्यक्रमको तयारीका लागि मञ्चका अध्यक्ष गिरीको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न विभिन्न उपसमिति, खेलाडी मनोनयन समिति र पत्रकारतर्फ प्रतिभा छनोट समिति गठन गरिएको छ ।
यसैगरी आर्थिक उपसमिति संयोजकमा मञ्च कोषाध्यक्ष शशिकुमार पौडेल, प्रचारप्रसार उपसमिति संयोजकमा महासचिव विजय नेपाल, मायाको चिनो, प्रमाणपत्र एवं प्राविधिक व्यवस्थापनमा उपाध्यक्ष रञ्जन अधिकारी, सांस्कृतिक उपसमितिमा सचिव राजाराम पौडेल, सङ्घसंस्था समन्वयमा कार्यसमिति सदस्य नारायण शाही, अतिथि सत्कारमा सदस्य कविता घर्तीमगर, भिडियोग्राफी/फोटोग्राफीमा सदस्य गीता राना, स्वयंसेवकमा दीपक गोदार संयोजक हुनुहुन्छ ।
यसैगरी वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि प्रतिभा छनोट संयोजकमा पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ तथा सदस्यमा त्रिभुवन पौडेल, विनोद लामिछाने, पदेन सदस्यमा मञ्च अध्यक्ष र महासचिव विजय नेपाल रहनुभएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने