
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । जिल्लाको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा पशुमा लाग्ने सरुवा खोरेत रोगको प्रकोप देखिएको छ । गत पुस अन्तिम साता पोखरा–८ को एक पशु फार्ममा पहिलोपटक रोग देखिएकामा अहिले फैलिँदै गएर दुई पालिकाका १७ पशु तथा कृषि फार्ममा पालिएका ९४ पशु सङ्क्रमित बन्न पुगेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ ।
पोखरामा–१५ र माछापुच्छ्रेको वडा नं ३ र ४ मा एक/एक फार्ममा रोग पुष्टि भएको छ । रोगका कारण अहिलेसम्म दुई पशु चौपाया मरेको बताइन्छ । सरुवा रोग खोरेत देखिएपछि पशु बिरामी हुने र उत्पादन घट्दै गएपछि कृषक चिन्तित बनेका छन् । खोरेत महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले संयुक्तरूपमा रोकथाम र नियन्त्रणका लागि खोरेतविरुद्ध भ्याक्सिन लगाउने र जैविक सुरक्षाका कार्यहरु अघि बढाएको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा शोभा शर्माले बताउनुभयो ।
रोग नियन्त्रणका लागि कृषि तथा पशुपक्षी मन्त्रालय मातहतको पशु सेवा विभाग, केन्द्रीय भेटेरेनरी प्रयोगशाला, विज्ञ केन्द्र तथा महानगर पशु सेवा महाशाखाबाट पशु चिकित्सक तथा विज्ञ प्राविधिकको टोलीले रोग फैलिएको क्षेत्रमा अनुसन्धान तथा रोकथाम, नियन्त्रणको काम गरिरहेको उहाँको भनाइ छ । पशु चिकित्सक शर्माले भन्नुभयोे, “खोरेत फैलिएको सूचना आएलगत्तै रोग देखिएका क्षेत्रमा भ्याक्सिन लगाउन शुरु गरेका छौँ । रोग फैलँदै गएको र महामारीका रूप लिन सक्ने सम्भावनातर्फ सचेत रहँदै कृषकलाई समेत सावधानी र सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गर्दै पशुको आवतजावतको कार्य कम गर्न भनेका छौँ ।”
पोखरा महानगरपालिका पशु महाशाखाका अनुसार महानगरको वडा नं ७, १४, २६, २७ र वडा नं ५ का १५ पशु फार्म तथा गोठमा खोरेत रोग देखापरेको अहिलेसम्म पुष्टि भएको छ । रोग नियन्त्रण र रोकथामका लागि सबै वडामा पशु प्राविधिक परिचालित भएको र निःशुल्क खोप लगाउने तथा रोग लागेको पशुलार्ई निःरोगी पशुबाट टाढा राख्ने, जैविक सुरक्षा र सरसफाइका कार्य भइरहेको महाशाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो ।
प्रकोप नियन्त्रणका लागि रोग देखिएको क्षेत्रमा विभिन्न ३२ टोली बनाएर भ्याक्सिन लगाउने, जैविक सुरक्षाका उपाय चुना, भिरकोन, फिनेल छर्ने र सरसफाइ गर्ने कार्य भइरहेको जानकारी दिँदै उहाँले हालसम्म १२ हजार ३५० पशुमा भ्याक्सिन लगाइएको जानकारी दिनुभयो ।
यसैगरी जिल्लामा अहिले पशुमा कृत्रिम गर्भाधान सेवासमेत स्थगन गरिएको छ । कृत्रिम गर्भाधानकर्ता फार्म तथा गोठमा सेवा दिन जाँदा एक ठाउँबाट अर्को ठाउँमा अझ रोग फैलन सक्ने भएकाले गर्भाधान सेवा केही समयका लागि स्थगन गरिएको भेटेरेनरी अस्पतालले जनाएको छ । खोरेत लागेपछि पशु झोक्राउने, मुखबाट र्याल काढिरहने, खुट्टा पाक्ने, दूध घटाउँदै जाने, घाँसदाना नखानेलगायतका लक्षण देखिने गरेको कृषकले बताएका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने