
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
लमजुङ । बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा रहेको यशोब्रह्मा मा.विको ५९ औं बार्षिक उत्सव तथा ६० औं अभिभावक सम्मेलनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले आफूले पढेको सो विद्यालयमा बषौंपछि उपस्थित हुन पाउँदा एकदमै खुशी लागेको बताउनुभयो । प्रमुअ अतिथि बरालले सो विद्यालयको गुणस्तर बढाउन आवश्यक सहयोग गर्ने वचनवद्धता पनि प्रकट गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रअ सूर्यप्रसाद बरालले विद्यालयको प्रगति प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिक उत्सवको अवसरमा रुद्रनाथ बराल अक्षयकोष, गणेशनिधी अक्षयकोष, आर्जन वाग्ले अक्षयकोषको व्याजबाट आएको रकमले विद्यालयका ३१ जना गरिव, जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृद्धि प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल यशोब्रह्म माविको बार्षिक उत्सव तथा अभिभावक दिवसमा आफ्नो मन्तव्य राख्नु हुँदै ।
त्यस्तैगरी यस विद्यालयका पूर्व सदस्य तथा हाल सल्लाहकार श्रीकान्त घिमिरेले आफ्नो स्व. पिता र दुई आमाहरुको नाममा ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुभएको छ । त्यस्तै विद्यालयबाट २०७५ सालको एस.इ.इ परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
बार्षिक उत्सवको अवसरमा बुद्धिजिवी पूर्व शिक्षक लक्ष्मी प्रसाद घिमिरेले १ लाख १ सय ५ रुपैयाँको लक्ष्मीइन्द्र अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयका संस्थापक धनमाया बरालले आफ्ना स्वर्गीय पति डिल्लीराज बरालको स्मृतीमा १ लाख १ सय ५रुपँैयाको अक्षयकोष स्थापना गर्नुभएको छ ।

त्यसैगरी अभिभावक तथा समाजसेवी हरिबहादुर दनाईले २० हजार १ सय १ रुपैयाँ, पूर्व शिक्षक तथा अभिभावक सोमराज बरालले ११ हजार १ सय ११ रुपैँया, अभिभावक तथा समाजसेवी सुकदेव बरालले १० हजार १ सय ५ रुपैयाँ, समाजसेवी धनन्जय घिमिरे १० हजार १ सय ५५ रुपैयाँ, विद्यालयका शिक्षक विकास भूजेलले १० हजार १ सय ५ रुपैयाँ र शिक्षक कुलदिप दुलालले १० हजार १ सय ५ रुपैयाँ प्रदान गरी विशिष्ट आजिवन सदस्य बन्नुभएको छ ।
सो कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थी किरण अधिकारीले आफैंले निमार्ण गरेको तीन पाङ्ग्रे केवी टिरेक्स आफैंले चलाएर ल्याई प्रर्दशन गर्नुभएको थियो ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थी किरण अधिकारीले आफैंले निमार्ण गरेको तीन पाङ्ग्रे केवी टिरेक्स ।
नेपाल सरकारका सहसचिव महेश बरालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमका विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य श्रीकान्त घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यालका पूर्व अध्यक्ष हरीप्रसाद बराल, राष्ट्रिय लोक कला प्रष्ठिानका अध्यक्ष पुरुषोत्तम न्यौपाने, विद्यालयका पूर्वअध्यक्ष अम्बिकाप्रसाद घिमिरे, नेपाल रेडक्रस सोसाइटी प्रदेश कोषाध्यक्ष नारायणप्रसाद घिमिरे, विद्यालयका उपज दिपक घिमिरे, समाजसेवी सूर्यकान्त वाग्ले, अभिभावक हरीबहादुर दनाई, उषा बराल, विद्यार्थी समिक्षा बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका बक्ताहरुले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्नु पर्नेमा जोड दिएका थिए ।
वार्षिक उत्सवको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै आन्तरिक खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक कला प्रष्ठिानका अध्यक्ष पुरुषोत्तम न्यौपानेले विभिन्न लोकगीत मार्फत् रमाईलो प्रदान गर्दै विभिन्न जातजातिका आफ्नै मौलिक संस्कृति र परम्पराको रक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक अरुण बरालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिभाका धनी किरण : कक्षा ९ मा अध्ययनरत विद्यार्थी किरण अधिकारीले आफैंले निमार्ण गरेको तीन पाङ्ग्रे केवी टिरेक्स । विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा किरणले सबैलाई चकित पार्दै आफैंले निर्माण गरेको तीन पाङ्ग्रे केवी टिरेक्स चलाएर कार्यक्रम स्थलमा प्रर्दशन गर्नुभएको थियो । तस्विरः सिर्जना घिमिरे
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल