
१दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
२सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
३भारत भ्रमणमा राष्ट्रिय हित र रणनीतिक आर्थिक साझेदारीलाई प्राथमिकता दिन सुझाव
४२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
५सराङकोट बालसुधार गृहबाट फरार बालबन्दी १८ घण्टामैं पक्राउ
६तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै
७अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी
८इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
९डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
१०कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
११रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
१२रास्वपाका २० नेता चीन जाँदै, राष्ट्रिय हितका विषय निर्धक्क राख्न प्रधानमन्त्रीको निर्देशन
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
११डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
१२आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
काठमाडौं, १ मंसिर । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले कुनै पनि दबाब र प्रभावबाट पूर्ण रूपमा मुक्त रहेर अपराध अनुसन्धान गर्न प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धानः प्रमाण संकलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले अनुसन्धानलाई निष्पक्ष, पारदर्शी, व्यावसायिक, प्रमाणमुखी र परिणाममुखी बनाउन विशेष जोड दिए।
प्रहरी महानिरीक्षक केसीले वर्तमान अवस्थामा अपराधको स्वरूप, अपराधीको कार्यशैली र अपराध सञ्जाल तीव्र गतिमा परिवर्तन भइरहेको बताए। प्रविधिको विकासले अपराध गर्ने तरिका नै बदलिएको र विशेष गरी बैंकिङ कसुर, वित्तीय ठगी, सहकारी तथा लगानीसम्बन्धी अनियमितता, अनलाइनमार्फत हुने आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण तथा अवैध वित्तीय कारोबारको जटिल स्वरूपले अनुसन्धानमा नयाँ चुनौती थपिएको उनको भनाइ थियो।
वित्तीय अपराधको बदलिँदो स्वरूपलाई सम्बोधन गर्न परम्परागत अनुसन्धान पद्धतिलाई आधुनिक प्रणालीतर्फ रूपान्तरण गर्नुपर्ने, नवीनतम प्रविधिको प्रयोग बढाउनुपर्ने, डिजिटल फोरेन्सिक क्षमता अभिवृद्धि गर्नुपर्ने, विशेषज्ञ जनशक्ति विकास गर्नुपर्ने र आवश्यक स्रोतसाधन व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
वित्तीय अपराध अनुसन्धान नेपाल प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक केसीले नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलगायत सबै सम्बन्धित निकायहरूबीच प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य रहेको बताए। प्रत्येक निकायको कानुनी अधिकार क्षेत्र र जिम्मेवारीको सम्मान गर्दै सूचना आदानप्रदान, प्रमाणको शीघ्र उपलब्धता, प्राविधिक सहयोग तथा अनुसन्धान र अभियोजनबीचको समन्वयलाई संस्थागत बनाउनुपर्ने र सीमापार वित्तीय कारोबार तथा अपराध सञ्जालका हकमा अन्तर्राष्ट्रिय सहकार्य र पारस्पारिक कानुनी सहायतालाई थप प्रभावकारी बनाउनुपर्ने उनको जोड थियो।
कार्यक्रममा प्रहरी महानिरीक्षक डा. केसीले अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह-३’ पुस्तकको विमोचनसमेत गरे। विमोचित पुस्तक विगतका अनुसन्धान अनुभव, चुनौती, सिकाइ र सफलतालाई संस्थागत ज्ञानको रूपमा अभिलेखीकरण गर्ने महत्वपूर्ण प्रयास भएको उल्लेख गर्दै उनले यसमा समेटिएका घटनाहरू नयाँ पुस्ताका अनुसन्धानकर्ताका लागि सिकाइको स्रोत बन्ने र अनुसन्धान पद्धतिमा सुधार गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउने आधार तयार गर्ने अपेक्षा व्यक्त गरे।
अपराध अनुसन्धान विभागले नेपाल प्रहरीको अपराध अनुसन्धान क्षमता विकास, जटिल तथा संवेदनशील अपराधको मार्गनिर्देशन, अनुसन्धान पद्धतिको संस्थागत सुदृढीकरण र व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै महानिरीक्षक केसीले विभागको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे। आयोजित कार्यशाला समयसापेक्ष र अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यसबाट वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण, प्रमाण संकलनदेखि अभियोजन र फैसलासम्मको प्रक्रियामा सुधारका उपाय तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने व्यावहारिक सुझाव प्राप्त हुने अपेक्षा गरे।
कार्यशालामा महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले वित्तीय अपराध अनुसन्धानमा अभियोजन तथा फैसलाका पक्षहरू, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक मोहनकुमार थापाले वित्तीय अपराधको अवस्था, प्रकृति र प्रवृत्ति, साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले डिजिटल प्रमाण संकलन र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले सम्पत्तिको खोजी र चुनौतीहरूसम्बन्धी प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणपछि सहभागीहरूबीच बृहत् छलफलसमेत भएको थियो।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त