
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
काठमाडौँ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले माग गरेका छन् । नेपाल वन प्राविधिक कर्मचारी सङ्घका पदाधिकारीले आज वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेटी वैज्ञानिक वन परिमार्जन गरी लागू गर्न आग्रह गरेका छन् । मन्त्रीसँगको भेटघाटका क्रममा उक्त टोलीले वैज्ञानिक वनका नाममा देशका विभिन्न वनमा गलत कार्य भएको पाइएकाले त्यस्ता ठाउँमा कारवाही गरी गलत नभएका ठाउँमा काम सञ्चालन गराउन माग गरेको छ ।
विसं २०७१ मा लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्य तत्काल आएर खारेज गर्दा समस्या उत्पन्न हुने तथा विभिन्न विदेशी कम्पनी पनि काम छोडेर फिर्ता जाने भएकाले नेपालको राजश्व घाटा हुने स्थिति आएकाले उक्त कार्यमा केही पुनःविचारसहित परिमार्जित ढङ्गबाट लागू गर्न वन प्राविधिक कर्मचारी सङ्घका पदाधिकारीको माग रहेको छ । तत्कालै वैज्ञानिक वन व्यवस्थापन खारेज गरिए देशभरीका कम्तीमा २२ हजार सामुदायिक वनलाई समस्या हुने सो कार्यक्रममा जानकारी दिइयो ।
सो अवसरमा मन्त्री आलेले वैज्ञानिक वनका नाममा गलत गरेका ठाउँमा कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “वैज्ञानिक वनका नाममा कहाँ कहाँ गलत भएको छ छानविन हुँदैछ, गलत गर्नेलाई क्षमा दिन सकिँदैन ।”
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम राम्रो भए पनि केही तत्वका कारण अहिले आएर उक्त कार्य गलत सावित हुँदै आएकोसमेत मन्त्री आलेले जानकारी गराउनुभयो । ‘हरियो वन नेपालको धन’ भन्ने नीति नियमअनुसार सबै सामुदायिक वनका पदाधिकारी, वन कर्मचारीले लाग्नु पर्नेसमेत मन्त्री आलेले बताउनुभयो । राष्ट्रपति चुरे संरक्षणमा समेत वैज्ञानिक वन लागू भएका कारण झनै समस्या भएको मन्त्री आलेको भनाइ थियो । उहाँले थप भन्नुभयो, “चुरे संरक्षण गर्ने क्षेत्रमा समेत वैज्ञानिक वन लागू भएको छ, जो आफँैमा दुःखद् कुरो यो, यस्ता कार्यलाई निरुस्ताहित गरिनेछ ।” देशभरिमा रहेका कूल २१ हजार ७५५ वटा सामुदायिक वनमध्ये जम्मा ७६६ सामुदायिक वनमा मात्रै वैज्ञानिक वन व्यवस्थापन लागू भएको उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने