
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
रामबहादुर थापा
बागलुङ । कोभिड–१९ का कारण यो वर्ष ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन । पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना एक वर्ष पछाडि धकेलिएको छ । गत असोज÷कात्तिकमा नाउर गणना गर्ने आरक्ष कार्यालयको योजना थियो ।
यसअघि विसं २०७२ मा गणना गर्दा दुई हजार २०२ नाउर भेटिएका थिए । गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको कोटा निर्धारण गर्ने गर्छ । पछिल्लो गणनापछि वर्सेनि २० नाउरको शिकार कोटा तोकिएको छ ।
कार्यालयका रेञ्जर दीपेन्द्र पोखरेलका अनुसार आउँदो वर्ष नाउरको गणना गरिनेछ । “चैत/वैशाखसम्मै आरक्षको उच्च भेगमा हिउँ नपग्लने भएकाले त्यो याममा पनि गणना सम्भव हुँदैन, अब अर्को वर्ष हुन्छ”, उहाँले भन्नुभयो । ढोरपाटनमा प्रायः गरी असोज÷कात्तिकतिरै नाउर र झारलको गणना गरिन्छ ।
विभागले हरेक पाँच/पाँच वर्षमा नाउर र झारलको गणना गर्नुपर्ने प्रावधान बनाएको छ । झारलको पनि अर्को वर्ष गणना हुनेछ । विसं २०७३ मा गरिएको गणनामा ३८८ झारल फेला परेका थिए । जुन सङ्ख्या २०६८ मा गरिएको गणनामा भन्दा १०३ ले बढी हो । उक्त गणनामा ४२ समूहमा झारल भेटिएका थिए ।
सबैभन्दा ठूलो ५१ वटा झारलको समूह देखिएको थियो । तीमध्ये ३२७ झारलको लिङ्ग पहिचान भएकामा बाँकीको पहिचान हुन सकेको थिएन । उक्त गणनापछि विभागले वर्षमा ११ झारलको शिकार कोटा निर्धारण गरेको छ । आरक्षका प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा रेञ्जर, भरिया र शिकारमा अनुभवी स्थानीयवासीसमेतको सहभागितामा नाउर र झारलको गणना गरिन्छ ।
नाउर र झारल बाख्रा प्रजातिमा पर्ने जनावर हुन् । बर्सेनि असोज/मङ्सिर र फागुन/वैशाख गरी दुई याममा ढोरपाटनमा शिकार खुला हुन्छ । कोभिड–१९ का कारण यो वर्षको पहिलो शिकार याम (असोज–मङ्सिर) मा जम्मा एक नाउर र एक झारलको शिकार भएको रेञ्जर पोखरेलले बताउनुभयो । विभागले शिकारका लागि बोलपत्र खोले पनि विदेशी शिकार खेल्न अनिच्छुक देखिएका हुन् ।
अघिल्लो वर्षको दोस्रो शिकार याममा भने बन्दाबन्दीका कारण आरक्षमा शिकार नै खुला भएन । शिकार हुन नसक्दा राजस्व पनि गुम्यो । सात शिकार कम्पनीले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन् । शिकारका लागि आरक्षमा सात ब्लक तोकिएको छ । सुर्तिबाङ, फागुने ब्लक बागलुङमा, घुस्तुङ, दोगाडी, सेङ र सुनदह ब्लक रुकुम पूर्वमा पर्छ । यस्तै म्याग्दीमा बार्से ब्लक पर्छ । प्रत्येक ब्लकमा नाउर र झारल शिकारको वार्षिक कोटा तोकिन्छ । सुर्तिबाङ ब्लकमा भने नाउरको शिकार गर्न रोक लगाइएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष क्षेत्र १३२५ वर्ग किमिमा फैलिएको छ ।
वैधानिक शिकारका लागि ढोरपाटन विश्वमै प्रख्यात गन्तव्य मानिन्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि विदेशी शिकारी ढोरपाटन आउँछन् । एक जना शिकारीले रु ३० देखि ३५ लाखसम्म शिकारमा खर्चन्छन् । दुई वर्षअघि एउटा नाउर शिकारको रु १३ लाख ५१ हजार र झारल शिकारको रु १३ लाख ५० हजार तिर्न कम्पनी तयार भएका थिए । बर्सेनि शिकारको राजश्व घटबढ हुने गरेको छ ।
शिकारको माग बढ्दा कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाले शिकारको दर बढ्छ भने माग घट्दा राजस्व पनि कम उठ्छ । आउँदो फागुन–वैशाखमा यो वर्षको दोस्रो शिकार याम खुला हुनेछ । शिकारका लागि अमेरिका, रुस, स्पेन, दक्षिण अफ्रिका, नर्वेलगायतका देशबाट पेशेवर शिकारी ढोरपाटन आउँछन् । हेलिकप्टरमार्फत आरक्ष पुग्ने शिकारीले बढीमा २१ दिनसम्म आरक्षमा बिताउन पाउँछन् । शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार खेलाउँछन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन